नवलपरासीको किसानलाई लक्ष्मीपूजा अगाडि नै धान भित्र्याउने चटारो

उमेश बि.क / नवलपरासी , ५ कार्तिक

पश्चिम नवलपरासीमा तिहार अगाडि नै धान भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि नवलपरासीका किसानहरु यतिबेला धान भित्र्याउन लागिपरेका हुन् । उनीहरुको दैनिकी यतिबेला धानकै ओल्टाइपल्टाइमा बित्ने गरेको छ ।

नवलपरासीको सरावल , पाल्हि , प्रतापपुर सुस्ता गाउँवालिका तथा सुनवल , बर्दघाट र रामग्राम नगरपालिकाको स्थानीयवासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य देख्न सकिन्छ ।

गाउँ घरमा प्राय खाली चोक तथा आँगन धानले भरिएका छन् । चरा, कुखुराबाट जोगाउन उनीहरु धान सुकाएको ठाउँमा कुरेर बस्छन् ।

धान सुकाउन आउनुभएकी प्रतापपुरकाे जाेगमाया चाैधरीले समयमै मल नआउँदा यस वर्ष गएका वर्षको तुलनामा धान कम फलेको बताउनुभयो ।

अन्त घाम कम लाग्ने भएकाले किराबाट धान जोगाउन घाममा सुकाउनु परेको उहाँ बताउनुहुन्छ ।

समयमा नै बीउ र मल नआइपुग्दा विगतको तुलनामा यसवर्ष धान धेरै फल्न नसकेको स्थानीय राम नगिना गुप्ता गुनासो गर्नुहुन्छ ।

पहिला धान चोरी हुने डरले किसानहरु धान सुकाएकै ठाउँमा सुत्थे । अहिले भने सुकाएकै ठाउँमा धानलाई त्रिपालले छोपेर छोड्ने गरिएको छ ।

राम्रोसँग नसुकाइ भण्डारण गर्दा धानमा ढुसी र घुनपुत्लालगायत किरा लाग्ने, सड्ने र बिग्रने कृषि विज्ञ बताउँछन् ।

धानलाई राम्रोसँग दुई तीन घाम सुकाउन कृषि विज्ञ सुझाव छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot