बझाङ /२६ मंसिर बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुर देखी महेन्द्रनगर जादै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा विहिबार २ वर्षीया बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगडी लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । चालक दिपक बोहोरा र बसलाइ स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल तर्फ पठाएको डियसपी खड्काले जानकारि दिनुभयो राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।