लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

उमेश बि.क / नवलपरासी ,२५ मंसिर

पश्चिम नवलपरासीकाे स्थानीय तहहरुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत बिहीबार विभिन्न कार्यक्रका गरी सम्पन्न गरिएको छ ।

नवलपरासीको सरावल गाउँपालिकामा ‘हिंसा अनत्यका लागि प्रतिवद्धता, व्यक्ति, समाज लैंगिक र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ एक कार्यक्रम गरि १६ दिने अभियान” सम्पन्न गरिएको छ ।

महिला जागरण वहुद्देशिय सहकारी संस्था र तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्थाकाे संयुक्त अायाेजना एवम सरावल गाउँपालिका ,एविसि नेपाल ,बेस नेपाल ,न्यायिक सराेकार संस्थाकाे समन्वयमा कार्यक्रम गरिएको हाे।

महिला जागरण वहुद्देशिय सहकारी संस्थाकि अध्यक्ष प्रेम कुमारी चाैधरीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेस ,प्रदेश सभा सदस्य भगवती भण्डारीकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बाेल्दै प्रदेशसभा सदस्य भण्डारीले हिसांलाई शुन्यमा झार्न नसके पनि यस्ता अभियानको माध्यमबाट न्युनिकरण गर्न सकिने बताएकी छन् । समाजमा महिला मात्र नभएर पुरुषहरु पनि हिसांमा परेका घटनाहरु आफुसामु आउने गरेको बताइन् । यस्ता दिवसको प्रभावले पछिल्लो समय समाजमा लुकेका महिला हिंसा र बलात्कारका घटनाहरु बाहिर आउने गरेको र अभियानले गर्दा नै मानिसहरुमा जागरण आएको तथा त्यसबारे खुलेर बोल्न सक्ने भएको बताइन् । लैंगिक रुपमा चाहे त्यो पुरुष होस् या महिला जो कसैलाई हुनुहुँदैन भन्ने बताएकी छन् । पुरुषको तुलनामा महिला नै बढि घरेलु, लैंगिक, शारीरिक, पारिवारिक, मानसिक र सामाजिक लगायतका हिंसा खेप्दै आएको उनले उल्लेख गरिन् । तर अब भने महिला चुलो चौकोमा मात्रै सिमित नरहेर शिक्षित भएर सरकारको हरेक तह तप्का सम्म पुगेर देश र समाजका लागि योगदान पु्याउन जरुरी रहेको समेत प्रदेशसभा सदस्य भण्डारीले जनाईन् । 

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले समाजलाई कसरी अगाडि बढाउने भन्ने जिम्मा त्यो समाजका अगुवाहरुको हातमा हुने र त्यहि अनुसार नै समाज परिवर्तन हुने बताए । लैङ्गिक हिंसाको जड नै समाज भएकाले समाज परिवर्तनका लागि यस्ता दिवस आवश्यक भएको पनि अध्यक्ष चाैधरीले जनाए । हाम्रो समाजमा कम्जोर वर्गलाई दवाउने प्रवृति र लिंगकै आधारमा धेरै किसिमका हिंसाहरु हुने भएकाले हिंसा गर्ने छुट कसैलाई पनि नभएको जिकिर गरे ।साथै वहांले महिलाहरुका लागि शिप, तालिम जस्ता कार्यक्रम प्रदान गर्ने र महिलाहरुले पनि आत्मनिर्भरको बाटो अपनाउन कोशिस गरेमा हिंसा रोक्न सकिने बताउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले लैगिक हिंसा न्युनिकरणको लागि समाजमा सवै क्षत्रको प्रतिवद्धता रहनु पर्ने बताउनु भयो । महिला प्रतिको सम्मान नै समाजको सम्मान हो भन्ने चेतनालाई गाउँ समाजमा जागरण गराउनु पर्ने आवस्यकता भएको उहाँको भनाई रहेको थियो । महिला हिंसाका घटनाहरुको न्युनिकरणका लागि महिलाहरुले आफ्नो क्षमतामा अभिवृद्धि गर्नु पर्ने बताउदै आफ्नो सीप ज्ञान अनुसारको काम गर्दै अगाडी वढेमा कोही कसैवाट हिंसा हुने कुरामा कमि आउने उहाँको भनाई रहेको थियो । हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको औंल्याउंदै हिंसा अन्तयको अभियानले तत्कालै नतिजा नदिएपनि विस्तारै यसको फलस्वरुप हिंसा न्यूनिकरणमा सरकार सफल हुने बताउनुभयो ।

त्यस्तै सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायले हिंसा नयूनिकरणका लागि चेतनाको आवश्यकता रहेको भनाई राख्नुभयो ।वहांले हिंसा मुक्त समाज निर्माणका लागि विद्यालयहरुमा पाठ्यक्रममै समावेश गरेर विद्यार्थीहरुलाई त्यसका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस सरावल सभापति बिनाेद कुमार पाण्डेय ,महिला अधिकारकर्मी तथा दिर्घायु नेपाल संस्थाका अध्यक्ष अधिवक्ता अनिता शर्मा ,नेकपा नेता सुखाडी प्रसाद चाैधरी ,जनता समावदी पार्टी नेता हरिलाल यादव,एविसि नेपाल क्षेत्रीय प्रमुख मनाेज लामिछाने ,वडा नं.६ कैलास यादव ,तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्ष मिना चाैधरी,राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश बि.क लगाएतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot