पूर्वी नवलपरासीको बिनयी त्रिवेणी १ मा गएराति प्रहरीको कुटाईबाट एक टेक्टर चालको मृत्यु भएको छ । दाङ राजपुर गाउँपालिका ४ घर भएका का २४ वर्षीय हरि श्याम यादवकाे मृत्यु भएकाे हाे । गएराति विनयी खोलामा अवैद्य रुपमा बालुवा लिन गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना हुँदा घाइते भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुम्किवासमा टेक्टर चलाउदै आएका थिए । तर, स्थानीयले प्रहरीले कुटपिट गरेर मारेको दावी गरेका छन् । घटनामा दुई जना प्रहरी घाइते भएका छन् । घटनाकाे विराेध गर्दै स्थानीयले रातिदेखि नै दुम्कीवास प्रहरी अगाडि विराेध प्रर्दशन गरिरहेकाे स्थानीय कृष्ण पाण्डेले बताए । प्रदर्शनका कारण पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरर्गत बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन अश्रुग्यास समेत प्रहार गरेकाे छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।