कपिलवस्तु कपिलवस्तुको बाणगंगा नगरपालिकामा सञ्चालन भई रहेको राष्ट्रीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । कपिलवस्तुलाई हराउदै सोझो सेटमा कास्कीले जित हासिल गर्न सफल भएको हो । पहिलो सेट २१,१६ र दोस्रो सेठ २१, ७ ले कास्की बिजयी भएको हो । प्रथम भएसगै कास्कीले ६६ हजार नगद सहित शिल्ड र मेडल पाएको छ भने द्धित्तिय भएको कपिलवस्तुले ३३ हजार शिल्ड र मेडल पाउन सफल भएको छ । कास्कीबाट बिशाल खड्का र बिधान अधिकारी त्यस्तै कपिलवस्तुबाट बिनोद पौडेल, राजु थापा फाइनलमा पुगेका थिए । प्रतियोगिताको आयोजना बाणगंगा नगरपालिका वडा नः ४ ले गरेको हो भने प्रतियोगिताको समन्वय शान्ती दिप युवा क्लवले गरेको छ । प्रतियोगितामा बिभागिय टोली सहित देशभरका ३७ समुहको सहभागिता रहेको थियो । नेपालमै पहिलो पटक राष्ट्रीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने वडाका रुपमा बाणगंगा नगरपालिका वडा नः ४ रहेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।