बुद्धकालीन ककरपत्त नगरमा जैविक विविधताको अध्ययन थालियो

नवलपरासी, मंसीर २४ गते । 

पश्चिम नवलपरासी सरावल गाउँपालिकाको जावा क्षेत्रलाई बुद्धकालीन ककरपत्त नगर घोषणा गरिएपछि अहिले सो क्षेत्रको जैविक विविधताको अध्ययन शुरु गरिएको छ ।

बुद्धकालीन समयको कोल बृक्षको बगैचा भेटिनु, सोही क्षेत्रमा प्राचीन सिमसार जस्तो देखिने ठूलो ताल रहेको अवस्थामा सरावल गाउँपालिकाको निर्देशनमा जावा क्षेत्रको जैविक विविधताको अध्ययन शुरु गरेको सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेलले बताउनुभएको छ ।

पुरातात्विक अध्ययनले गौतम बुद्धको मावली गणराज्य कोलिय राज्यको राजधानी प्राचीन देवदह पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको पंडितपुरमा रहेको देखाएपछि यस क्षेत्रमा अन्य प्राचीन नगरहरु हुनसक्ने भएकाले अध्ययन चलिरहेको छ ।

यसै क्रममा केही समय पहिले सरावल गाउँपालिकाले जावा क्षेत्रलाई बुद्धकालीन ककरपत्त नगर घोषणा गरेपछि यस क्षेत्रमा अध्येताहरुको चासो बढेको थियो । यस क्षेत्रमा रहेको सिमसार क्षेत्रसहित लोपोन्मुख कोल बृक्षको समेत उपस्थितिले गर्दा जावा क्षेत्रको जैविक विभिधताको अध्ययन आवश्यक भएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभएको छ ।

पछिल्लो एक महिनादेखि जैविक विविधताको अध्ययनको काम शुरु गरेको लुम्बिनी एग्रो लेव प्रालिले जावा क्षेत्रमा रहेको लोपाेन्मुख अवश्थाको कोल बृक्षको संख्या, यस बृक्षको अन्य स्थानमा रहे नरहेको निश्चितता, स्थानीय नाम र पारम्परिक प्रयोग लगायतका विषयमा अध्ययन गरिने छ भने कोल बृक्षको बगंैचा रहेको स्थानदेखि केही मिटरको दूरीमा रहेको प्राचीन बुद्ध सरोवर र त्यसको सेरोफेरोलाई केन्द्र बनाएर त्यहां पाइने चराहरुको विविधता, पुतलीहरुको संख्या, प्रकार र अवश्था एवं माछाहरुको बारेमा अध्ययन शुरु गरिएको बताईएको छ ।

पँंच बिघा क्षेत्रफलमा फैलिएको यस बुद्ध सरोवर क्षेत्रमा जगदीशपुर ताल र नारायणी नदीको चितवन क्षेत्रमा रहेको जस्तो सिमसार क्षेत्र रहेकोले यस क्षेत्रमा जाडोको समयमा साईवेरियन चराहरु समेत आउने जाने गरेको स्थानीयले बताउने गरेका छन् ।

अहिले पनि विभिन्न प्रकारका चरा यस क्षेत्रमा पाइने गर्छन । जावा क्षेत्रको जैविकि विविधताको अध्ययन शूरु गरेको संस्थाका जानकारहरुका अनुसार अहिले पहिलो चरणमा गरिएको सामान्य अध्ययनमा जावाको सिमसार क्षेत्रमा करिब १० प्रकारका रैथाने चराहरु, करिब १५ प्रकारका पुतलीहरुको प्रजाति र १० देखि १५ प्रकारका माछाहरु रहेको अध्यक्ष चाैधरीले बताउनुभएको छ ।

कार्तिकको पहिलो हप्तादेखि जैविक विविधताको अध्ययन शुरु गरेको लुम्बिनी एग्रो लेव प्रालिले आगामी फागुनमा पहिलो चरणको जैविक विविधताको अध्ययनको काम सम्पन्न गर्ने बताइएको छ । जावा क्षेत्रको पुरातात्विक अध्ययनका लागि समेत पुरातत्व विभागमा पत्राचार भएको छ भने यस क्षेत्रको जैविक विविधता अध्ययनका लागि सरावल गाउँपालिकाले ५ लाख रुपियाँ विनियोजन गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot