Rashtriya Dainik

एमाले नेता महरले कैदीबन्दीलाई दशै मनाउन खसी किनिदिए

उत्तमकुमार थापा /बझाङ
बझाङ कारागारका कैदीबन्दीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महरले दशै मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले महरले उनीहरुलाई एउटा खसी प्रदान गरेका हुन् ।

आज बिहान महरले पत्रकार र प्रहरीको उपस्थितिमा बझाङ कारागारमा रहेका ७२ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गरे । महरले कैदीबन्दीलाई दशैको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए । उनले आफूप्रति हीनताबोधको सोचाइ अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रुपमा बिताउन सुझाव दिए ।

कैदीहरूले महर संग क्षमता भन्दा बढी भएर अप्ठेराे तरिकाले बस्नु परेकाे गुनासाे राखेका छन् । २५ जनाकाे क्षमता रहेकाे जिल्ला कारागार बझाङमा हाल ७२जना कैदी रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित