संजय कुशवाहा / नवलपरासी २४ मंसिर पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट २ लाख ७१ हजार २ सय मूल्य बराबरको अबैध कपडा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार पाल्हिनन्दन गाउँपालिका वडा न. १ झरहिखोला स्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको ३३ रोलमा ६ सय ७८ मिटर लेडिज सुरुवालको थान कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उक्त कपडा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि कपडा फाली मोटरसाईकल सहित मानिस भागेका थिए । नियन्त्रणमा लिएको कपडा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।