Rashtriya Dainik

जिराभवानी गाउँपालिकाद्वारा निशुल्क रगतको ब्यवस्था

हरिकिशोर शर्मा /जिराभवानी १२ असोज । पर्साको जिराभवानी गाउँपालिका जिल्लामा नै नमूना गाउँपालिका बन्दै गएको छ । गाउँपालिकाले १० औं गाउँसभाको निर्णय कार्यवन्यन गर्दै अगाडि बढीरहेको गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले जानकारी दिनुभयो ।
गाउँपालिकाको १० औं गाउँसभाबाट निर्णय भए अनुसार गाउँपालिका भरिका जनतालाई रगतको अभावले उपचारमा समस्या भनेर रक्त सन्चार केन्द्र वीरगंजसँग सम्झौता गरि गाउँपालिकावासीलाई जुनसुकै बेला निःशुल्क रगत उपलब्ध गराइरहेको छ । जसले गर्दा गाउँपालिकाका जनता लाभान्वित भएको गाउँपालिका प्रमुख चौधरीले बताउनुभयो ।
त्यस्तै गाउँपालिका भरीका ज्येष्ठ नागरिक र सुत्केरी महिलार्इ निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने गाउँसभाबाट निर्णय भए बमोजिम अहिले तदारुकताका साथ सन्चालनमा ल्याएको छ । त्यस्तै सुत्केरी महिलालाइ तीन हजारबाट बढाएर पाँच हजार सुत्केरी भत्ता समेत दिने गरेको छ ।
त्यस्तै गाउँपालिकाका जनतालाई सहज बनाउन गाउँपालिकामा बच्चा जन्मेको ३५ दिन भित्रमा वडा कार्यालयमा खबर गरेमा घरमै पुगि जन्मदर्ता बनाउने गरिएको छ । कुनै व्यक्तिको मृत्यु भएको खण्डमा घरमै पुगि मृत्यु दर्ता बनाउने कार्य भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित