उमेश बि.क / नवलपरासी , १२ असाेज
ट्राफिक प्रहरीले चाडपर्व नजिकिएसँगै पश्चिम नवलपरासीमा सवारी चेकिङमा कडाइ गरेको छ । ट्राफिक प्रहरी कार्यालयका पश्चिम नवलपरासी अनुसार दैनिक करिब १०० भन्दा बढी सवारीसाधन कारवाहीमा परेको जनाएको छ ।
प्रहरी बरिस्ठ नायब निरिक्षक डम्बर गिरीले बुधबार पनि ८० बढी सवारीसाधन कारवाहीमा परेको बताए । उनका अनुसार एकैदिन ८० जना सवारी चालकलाई कारवाही गरिएको हो ।

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको उनले बताए ।

कारवाही पर्नेमा लाइसेन्स बिलबुक नभएको,हेलमेट नलगाएकाे,तीन जना चढेको ,अाेभरलाेड ,मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने रहेका छन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

