राजन कुमार बानिया
पर्सा १२ असोज
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं ३ बिजबनिया गाउँमा रहेको शिव मंदिरको उदघाटन गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले गरेका छन। बिजबनिया गाउँमा नवनिर्मित शिव मंदिरको उदघाटन एक कार्यक्रमका बिच बिधवतरुपमा पुजापाठ गरि गाउँपालिकाको अध्यक्ष यादवले गरेका हुन । शिव मंदिरमा लिंग,स्थापनाको साथै बसहाको पनि स्थापना गरिएको थियो। नेपाली काँग्रेस क्षेत्र नं ४ (क) बाट निर्वाचित प्रदेश साँसद शंकर प्रसाद चौधरीको संसदिय कोषबाट ५ लाखको लागतमा निर्माण भएको मन्जय गिरी ले जनाएका छन। नवनिर्मित शिव मंदिर उदघाटन कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री,वडा अध्यक्ष सुबास यादव,जानकिटोलाको पुर्व गाबिस अध्यक्ष झकड मियाँ , क्षेत्रिय सचिव बलिस्टर अहम्द, स्थानिय शंकर यादव, पहलाद राम, सोवालाल साह, लक्षमी यादव लगायतको सहभागिता रहेको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

