Rashtriya Dainik

इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

कृष्णनगर, असोज १२

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने इत्तेहाद नेपालका अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि किफायतुल्ला खा ले क्षेत्रमा नेपाली कांग्रेस लगायत जनताहरु संग मंसिर ४ गते हुने निर्वाचनको बारेमा सक्रियता देखाएका छन् l

खा ले बताउदै भने नेपाली कांग्रेसका अध्यक्ष तथा नेपालका प्रधानमंत्रीको नेतृत्वको सरकारले जनताको हितमा काम गरेको साथै जनतामुखि सरकार रहेको बताए l

खा ले क्षेत्रका जनतालाई पार्टीको अग्र पंक्तिको निर्णय सबैले मान्नु पर्ने बताउदै आउने चुनावमा गठबंधन बाट आउने उमेदवारलाई साथ र सहयोग दिनु पर्ने बताए l

साथै उहांले नेपाल भारतको सम्बन्ध रोटी बेटीको सम्बन्ध रहेको बताउदै सो सम्बन्ध तथा मित्र राष्ट्रको कर्तव्य नेपाल सरकारले निर्वाह गरेको बताए l

अध्यक्ष खां संगै मौलाना शफिक, नसरूल्लाह खां, अहमद नदीम,रहीम दादा, असगर अली लगायत अन्यले समेत सक्रियताका साथ जन सम्पर्कमा लागेको अध्यक्ष खां ले बताए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित