राष्ट्रिय दैनिक / नवलपरासी , १२ असाेज
सुनवल सामुदायिक बिकास केन्द्रले मंगलबार संस्थाद्धारा संचालित परियोजनाको बार्षिक सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
युनाइटेड मिसन टु नेपालकाे सहयोगमा तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिकामा संचालनमा रहेका ३ वटा परियोजनाको सामाजिक लेखापरिक्षण गरेको हो । केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता तथा युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टर टिम लिडर सब्बु तमांङ एव वडा अध्यक्षहरुकाे आतिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधिहरुले सुनवल सामुदायिक बिकास केन्द्रले गरेका कार्यक्रमले लक्षित वर्गलाई माथि उकास्नु पर्नेमा जोड दिइएका थिए ।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टर टिम लिडर सब्बु तमांङले सामाजिक परिक्षण जस्ता कार्यक्रमले संस्था, समुदाय, सेवाग्राही र आवद्ध भएका विभिन्न पक्षवीच सकारात्मक सम्बन्ध स्थापना गर्ने वताउनु भयो ।

पाल्हीनन्दन गाउँपालिकामा सुनवल सामुदायिक बिकास केन्द्रले समुदाय परिचान, महिला सशक्तिकरण , कृषि , जिविकाे पार्जन लगाएत क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बोल्ने बक्ताहरुले बताएका हुन ।

कार्यक्रममा सुनवल सामुदायिक बिकास केन्द्रको संस्थागत प्रस्तुतिकरण राधा सापकोटाले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुर्नजिवित परियोजनाका संयाेजक शुस्मिता शर्मा, घरेलु हिंसा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजना संयोजक कृष्ण पाण्डेय , लैंगिक समानता परियोजनाका संयोजक राधा तिमिल्सिना सापकोटाले परियोजनाको बार्षिक प्रगति समिक्षा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सुनवल सामुदायिक बिकास केन्द्रले करिव २ करोड २० लाख बरावरको बजेट सम्बन्धीत पालिकामा खर्च गरेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

बार्षिक सामाजिक लेखापरिक्षणका क्रममा लाभान्वित वर्गले सुनवल सामुदायिक बिकास केन्द्रले संचालन गरेकाे परियोजनाको उपलब्धी लक्षीत वर्गकालागि निकै उपयोगी भएको बताएका थिए । बार्षिक सामाजिक लेखापरिक्षणको सहजिकरण मेघराज गौतमले गर्नु भएको थियो ।

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधीहरु, विभिन्न शाखाका प्रमुखहरु र सेवाग्राही लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

