Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान सुरु

राष्ट्रिय दैनिक / नवलपरासी , १२ असोज ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले वडा वडामा डेङ्गु रोग नियन्त्रण र रोकथामको लागि अभियानको सुरुवात गरिएको छ ।

पालिकाले समुदाय स्तरमै मंगलबार देखि वडा वडामा डेङ्गु रोग नियन्त्रण र रोकथामको लागि अभियानको सुरुवात गरिएको हो ।

पालिकाले वडा-वडामा अभियान नै संचलान गरी लामखुट्टेको वासस्थान र लार्भखोजी गरी लार्भहरु नष्ट गरिएको विपद ब्यवस्थापन संयाेजक अब्दुल रज्जाक राइनले जानकारी दिए । वडा नं. १ देखी ७ वडासम्म एकैसाथ लामखुट्टे खोजौँ र लामखुट्टेको लार्भखोजी नष्ट गर्ने योजनाको साथ वडासम्म डेङ्गु रोग नियन्त्रण र रोकथामको लागि अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलले जानकारी दिए ।

उनको अनुसार वडा रहेको खाल्डाखुल्डीमा जम्मेको पानी, फोहोरमैलामा जमेको पानी फालिएको खाल्डाखुल्डी पुरिएको र नालीमा डिजेल छर्केर लामखुट्टे भगाउने कार्य गरेको बताए ।

वडा वडामा डेङ्गु रोग नियन्त्रण र रोकथामको लागि स्वास्थ्य शिक्षा पनि समुदायमा दिएको र चारवटै टोलमा खाल्डाखुल्डीमा जम्मेको पानी फालिएको खाल्डाखुल्डी पुरिएको र नालीमा डिजेल छर्केर लामखुट्टे भगाउने स्वास्थ्यकर्मी वडाध्यक्ष स्वयंसेविका राजनीतिक दल प्रतिनिधि, संस्थाका प्रतिनिधि परिचालन गरी समुदायमा अभियान सञ्चालन गरिएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिए ।

उनको आफ्नो पालिकाबासीहरुलाई डेङ्गु रोगबाट बच्चाउनको र डेङ्गु रोग लाग्ने नदिनको लागि उक्त अभियानको सुरुवात गरिएको बताए । थप निरन्तरता दिने स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहितको व्यापक सहभागितामा लामखुट्टेको वासस्थान र लार्भखोजी गरी लार्भहरु नष्ट गर्ने अभियानलाई थप निरन्तरता दिने स्वास्थ्य शाखाका प्रमुख अाेम नरायण देवकोटाले बताए ।

स्थानीयको व्यापक रूपमा सहभागितामा नियन्त्रण टोली बनाएर प्रत्येक टोल टोल वडाहरूमा डेङ्गु रोग लामखुट्टेको वासस्थान र लार्भखोजी गरी लार्भहरु नष्ट गरिएको देवकोटाले बताए । नवलपरासी जिल्लामा हालसम्म डेङ्गुका करिब ६६ बिरामी रहेको स्वास्थ्य कार्यालय नवलपरासीका मलेरिया इन्स्पेक्टर देवीलाल पौडेलले जानकारी दिए ।

डेङ्गु रोग लागेमा एक्कासी उच्च ज्वरो आउने,मांसपेशी टाउको तथा जोर्नीहरू दुख्ने,थकान महसुस हुने, वान्ता हुने जस्ता लक्षणहरू देखिएमा डेङ्गु रोगको सङ्क्रमण हुनसक्छ यस्तो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य चौकी गरी स्वास्थ्य परीक्षण गराउन जान पौडेलले सुझाव दिएका थिए । यसबाट बच्नका लागि लामखुट्टे टोकाइबाट बच्नु नै हो, जसका लागि झुल भित्र सुत्ने, पूरा बाउला भएको कपडा लगाउने, आफ्नो घर वरिपरि रहेका खाल्डाखुल्डीमा पानी जम्न नदिने लगायतका रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित