Rashtriya Dainik

दुर्गा मूर्ती बनाउन कलाकारलाई भ्याइनभ्याई

राष्ट्रिय दैनिक / नवलपरासी ,१० असाेज

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका –३ घाेडपालिबस्दै आएका लक्षुमन बिश्वकर्मालाई अहिले दशैका लागि दुर्गाको मूर्ति बनाउन भ्याइ नभ्याइ छ। परिवारको जीवीकोपार्जनकै लागि वर्षै देखि मुर्ति बनाउने पेशामा लागेका छन ।

समय र माग अनुसार माटोको मूर्ति बनाउने भए पनि अन्य समयमा घरमै पत्थर र सिमेन्टको मुर्ति बनाउने गर्छन उनी।

‘विश्वकर्मा, दुर्गा, गणेश, लक्ष्मी भगवानको मूर्ति बनाउछु तर धेरै भारतिय मूर्ति आएर र नेपालमा नै धेरैले मूर्ति बनाउन सुरु गरेकोले मूल्य भने सोचे अनुरुपको पाउन सकेका छैन’,विश्वकर्माले भने।


विश्वकर्मा जस्ता नवलपरासीमा माटो, काठ, वास, पराल आदिबाट मूर्ति बनाउदै छन। नेपाली माटो प्रयोग गर्दै तयार पारिएकोे मूर्ति आकर्षक र श्रृगार बढाउन आवश्यक रंग र कपडाहरु भने भारतबाट ल्याउनु पर्ने बाध्यता छ।

स्वदेशमै भारतभन्दा न्युन मुल्यमा मुर्ति पाइने गरेपनि भारतमा सस्तोमा पाइने मनोविज्ञानका कारण अधिकांश नेपाली भारत जाने गरेका छन।

सीमा क्षेत्रहरुमा विना भन्सार भारतबाट मूर्तीहरु आउछ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नियम ल्याए मुर्ति खरिदको नाममा बर्षेनी लाखौँ रुपैयाँको बिदेशीनबाट रोक्न सकिन्छ भने स्थानिय कलाले पनि महत्व पाउछन। यसैलाई नरोक्दा नेपाली कलाकारलाई मार परेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित