Rashtriya Dainik

सशस्त्र प्रहरीको उपरीक्षक पोखरेलको सक्रियता ५२ लाख रुपैया बराबरको अवैध सामानहरु बरामद

वीरगंज/ १० असोज
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलको सक्रियतामा ५२ लाख रुपैया बराबरको अवैध सामानहरु पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलले पर्साको विभिन्न नाकाहरुवाट छुट्टाछुट्टै ५२ लाख मुल्य बराबरको स्कार्पियो , लत्ताकपडा , हाडयेवर, मोर्टर पार्टस, मोबाइल पार्टस , किराना सामान, पटकट , विभिन्न जडिबुटी तथा मोटरसाइकल बरामद गरको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो।

सशस्त्र प्रहरीको सक्रियताले पर्साको वीरगंज भन्सार , ईनार्वा , नागवा, वडा १७ कोन्हिया , वडा नम्बर २४ ,वडा नम्बर २५ , वडा नम्बर ३१र वडा नम्बर १ र वडा नम्बर २, दशौता , भिस्वा , महादेवपर्टि , भिखमपुर लगाएतको विभिन्न नाकाहरुवाट भारतवाट नेपाल तर्फ अवैध रुपले भित्राएका ५२ लाख ७ हजार ७सय ३२रुपैया बराबरको सामानहरु पकाउ गरि वीरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख पोखरेलले जनकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित