Rashtriya Dainik

हिन्दी मंच नेपाल र नागरी लिपि परिषदद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / १० असाेज

हिन्दी मंच नेपाल र नागरी लिपि परिषद भारतको संयुक्त तत्वाधानमा आयोजित प्रशिक्षण संगोस्टी कार्यक्रम सम्पन्न भएको छ |
कार्यक्रम शिक्षक जंग बहादुर शाहीले संचालन गरेका थिए |

कार्यक्रममा बोल्दै हिन्दी मंच नेपालका अध्यक्ष मंगल प्रसाद गुप्ताले विचार राख्दै भने नेपालमा ९५ प्रतिशत मान्छे हिन्दी भाषा बुझछन र बोलछन र हिंदी भाषा सबैलाई राम्ररोसंग आउँछ धेरै जनाले त कविता, लेख समेत लेखी सकेका छन |

नेपाल दुतावासका सत्येंद्र दहियाले हिंदी, संस्कृति, भोजपुरी, मैथिली, आदि भाषाको लिखावट लिपिबद्ध भएपछि लेख्नु र पढ़नुमा पनि रुचि बढ़छ, त्यही भएर भाषामा लिपिको धेरै महत्वा छ |
दहियाले भने नेपाल भारतको रोटी बेटीको सम्बन्ध छ |

नागरी लिपि परिषद दिल्ली देखी आएका महामंत्री डा.हरि सिंह पालले लिपिको महत्वमा प्रकाश पार्दै भने नागरी लिपि संस्थाले विश्व भरि भाषामा लिपिको महत्वको प्रचार प्रसार गरिरहेको छ ।

कार्यक्रममा शिक्षक जंग बहादुर शाही, पहलाद पाण्डेय,बनारसी गुप्ता, उमेश चंद्र त्यागी (दिल्ली ) कार्यक्रम प्रबंधक गोपाल प्यारे चंदेल, बृजेश गुप्ता, ओमप्रकाश,उमेश चंद त्यागी,मुक्ति पोखरेल,रामसरण पाल,गिरी प्रशाद गैरे,उत्तम बहादुर कोरी,सगीर ए खाकसर,नवराज पाण्डेय,प्रेम शंकर शुक्ला,अखिलेश अपेन्द्र,रामकुमार गुप्ता, कृष्णकुमार गुप्ता, करिब १०० जना शिक्षक लगायत कुल ४३५ जनाको सहभागिता थियो |

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित