Rashtriya Dainik

बझाङ म्यादी प्रहरी छनाेट प्रक्रिया सुरु

उत्तमकुमार थापा / ९ असाेज
म्यादी प्रहरी छनाेट प्रक्रिया सुरु भएको छ । आउदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले म्यादी प्रहरी छनाेट प्रक्रिया आज बाट सुरु गरेको ईन्सपेक्टर रमेश अवस्थीले बताए ।

निर्वाचन २०७९ मँसिर ४ मा हुनगईरहेकाे प्रतिनिधि सभा र प्रदेश सभालाई लक्ष्यित गर्दै आज देखि छनाेट प्रक्रिया अगाडि बढाएको हाे । विहान ७ बजे देखि सुरु भएको म्यादी भर्ना प्रक्रियामा आवेदन दिनेकाे सँख्या १५८९ रहेकाे छ ।

म्यादी प्रहरी छनाेटमा डिएसपी जनगेश्वर भण्डारी ईन्सपेक्टर रमेश अवस्थी सुरक्षा निकाय लागिपरेको छ । भारी बर्षाकाे कारण छनाेट प्रक्रियामा केही समस्या देखिएपनि जयपृथ्वी क्याम्पस भाेपुरमा छनाेट भईरहेकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित