राजन कुमार बानिया /वीरगन्ज, ८ असोज
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा माओवादी केन्द्र पर्सा चलायमान भएको छ । जिल्लाको विभिन्न क्षेत्रमा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाटदेखि कार्यालय स्थापनासम्म हुन थालेको छ ।
यसैबीच पर्साको पर्सागढी नगरपालिकामा नेकपा माओवादी केन्द्रको नगर समितिको कार्यालय स्थापना गरिएको छ । कार्यालयको नेकपा माओवादी केन्द्र पर्सा निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज अमिताभबच्चन दास, नेकपा माओवादी केन्द्रका जिल्ला नेता बालकृष्ण श्रेष्ठ र नगर कमिटि अध्यक्ष सोम बहादुर लामाले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
कार्यालय उदघाटनपछि बोल्दै क्षेत्र नम्बर २ का इन्चार्ज एवं युवा नेता अमिताभबच्चन दासले परिवर्तनको संवाहक नेकपा माओवादी केन्द्र नै भएको र नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक विकासमा परिवर्तन ल्याउन नीतिको नेतृत्व माओवादीले नगरेसम्म परिवर्तन असम्भव रहेको बताउनुभयो । उहाँले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि दश बर्ष माओवादीले जनयुद्ध नगरेको भए सम्भव नभएको र स्थानीय सरकारको पाँचबर्ष जतिपनि राजा महाराजाहरु बन्ने अवसर पाए त्यो माओवादी आन्दोलनकै देन भएको बताउनुभयो ।
माओवादी केन्द्र पार्टीमा जनताको आकर्षण रहेपनि काम गर्ने भन्दा पद लिनेहरु धेरै हुँदा पार्टी चलायमान हुन नसकेको बताउनुभयो । अन्य पार्टीको भन्दा माओवादीको विचार र नीति जनताले अहिले विस्तारै बुझ्दै गएकोले फेरीपनि माओवादी केन्द्र एकपटक सरकारको नेतृत्व गर्ने तहमा पुग्नुपर्ने र जनतालेपनि भोट दिएर जिताउनुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र पर्सागढी नगरपालिकाका नगर अध्यक्ष सोम लामाको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता बालकृष्ण श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

