संजय कुशवाहा / नवलपरासी २४ मंसिर पश्चिम नवलपरासीको विभिन्न ठाउँहरूबाट अबैध सामना अोसार पसारमा संलग्नमा १ पिकप गाडी सहित १० लाख ५१ हजार २ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो सरावल गाउँपालिका वडा न. ६ ललितपुरबाट करिब ३ लाख १३ हजार २ सय मुल्य बराबरको भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको २ बोरामा ५ सय २२ थान छालाको बेल्ट (पेटी) सिमा प्रहरी चौकी महेशपुरबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उक्त नियन्त्रण गरेको समान आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ । ण यसैगरी भारतबाट नेपाल तर्फ अवैध रूपमा लु १ च ६४१३ नम्बरको पिकअप गाडीमा ल्याउदै गरेको १ सय गोटा ( २ क्युन्टल) बोईलर कुखुरा सुस्ता गाउँपालिका वडा न. ५ टुटहवापुल स्थितबाट गाडी र गाडी चालक सहित प्रहरी चौकी रामनगरले नियन्त्रणमा लिएको छ । उक्त कुखुराको अन्दाजी मुल्य ३८ हजार बराबर र पिकप गाडीको मुल्य ७ लाख गरि जम्मा ७ लाख ३८ हजार मुल्य बराबरको रहेको छ । नियन्त्रणमा लिएको गाडी र गाडी चालक समेत आवश्यक कारवाहीको लागि महेशपुर क्वारेन्टाइन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।