Rashtriya Dainik

भारत तर्फ लैजान लागिएका ४ महिलाको सशस्त्र प्रहरीद्वारा उद्धार

ज्ञानेश्वर सहानी / नवलपरासी , ८ असाेज

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ७ भुजहवा नाकाबाट भारततर्फ लैजान लागिएको महिलाहरुको उद्धार गरेको छ ।

सरावल गाउँपालिका ७ भुजहवा नाकाको प्रयोग गरी ४ जना पुरुषहरुले आफ्नो साथमा लिई भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालको टोलि र भारतीय सशस्त्र सीमा बल (SSB) को समन्वय र सहयोगमा ४ जना महिलाहरुलाई उद्धार गरेको हो ।

नेपालबाट भारततर्फ जान लागेका पुरुष र महिलाहरुलाई सोधपुछ गर्दा शंकास्पद जवाफ पाइएपछि सोधपुछ गरेर थप अनुसन्धान तथा आवश्यक व्यवस्थापनको लागि माईती नेपालको समन्वय एवम् सहकार्यमा इलाका प्रहरी कार्यालय महेशपुरको टोलिलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित