Rashtriya Dainik

सशस्त्र प्रहरी एक्सनमा,चिनि र कपडा धमाधम समातिदै

ज्ञानेश्वर सहानी/नवलपरासी / असोज ०६

पश्चिम नवलपरासीमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख रुपैया बढी मूल्य पर्ने अबैध चिनिहरु बरामद गरी राजेश्वर अनुसन्धान कार्यालय बुटवलमा बुझाईएको छ ।

सरावल गाउँपालिका वडा नम्बर ०३ पिपराबाट लु १ ज ३४२३ र लु १ ज ३३६४नम्बरको २ पिकप गाडीमा अबैध चिनिहरु भारतबाट भन्सार छलेर ल्याउँदै गरेकोमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राजस्व अनुसन्धान कार्यालय बुटवलको संयुक्त टोलीले चिनी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरकाे सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक केशब राज थापाले जानकारी दिनुभयो ।

पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट चिनी तस्करी हुने गरेपनी वास्ता नगरिएको समाचार राष्ट्रिय दैनिकको अनलाइन मिडियामा प्रकाशित भएपछि सशस्त्र प्रहरीले सक्रियता बढाएको हो ।

सशस्त्र प्रहरीको सक्रियतासँगै दैनिकजसो चिनी , लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स सहितका अवैध सामान बरामद हुन थालेका हुन्। गत साल ७८/७९ मा मात्र १,४७,१५,४६० रुपैया मुल बराबरको एक ट्रकमा लोड गरी लैजादै गरेको तस्करीको चिनी र एक कारमा लोड गरि लैजादै गरेको कपडा सशस्त्र प्रहरीले प्रतापपुर गाउँपालिका धर्मौलीबाट बरामद गरेको थियोे ।

चिनीसहित लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स बोकालगायतको तस्करी बढेपछि प्रमुख जिल्ला अधिकार सर्वन कुमार पोख्रेलले पनि निगरानी बढाउन आदेश दिएको बताउनुभयोको छ।

यसैबीच सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले शनिबार नवलपरासीको प्रतापपुर गाउँपालिका धर्मौली नाकाबाट सात लाख बराबरको १ सय १८ क्विन्टल चिनी बरामद गरेको छ।

विशेष गरी रातको समयमा गस्ती बढाएर निगरानी गरिरहेका बेला सशस्त्र प्रहरीलाई छक्काएर बिहान र दिउँसोको समयलाई प्रयोग गर्न थालेपछि अहिले विशेष टोली खटाएर नियन्त्रणकालागि परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरकाे एसपी रुप कुमार क्षेत्रीले बताए।

चोरी तस्करी बढेको गुनासो पछि सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरले समेत सीमा क्षेत्रमा पैदल र सवारी गस्तीलाई बढाएर निगरानी बढाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित