२४ मङ्सिर, काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ सिनामंगलका सुनसरी धरान उपमहानगरपालिका-४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्कविहीन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।