उमेश बि.क / नवलपरासी ,२३ मंसिर पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा न. १२ मा ५ दिने उद्घोषण तथा भाषणकला तालिमको सम्पन्न भएको छ। देवचुली टेलिभिजनको आयोजना तथा विभिन्न संस्थाकाे समन्वयमा कार्यक्रम संयाेजक ज्ञानेश्वर सहानी तथा सरावल ५ वडा अध्यक्ष दिनेश सहानिकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिमकाे समापन कार्यक्रममा बाेल्दै सरावल ५ वडा अध्यक्ष सहानिले तालिममा सिकेका कुरा जीवन व्यवहारमा लागु गर्न अाग्रह गर्नुभयो । तालिममा रामग्राम नगरपालिका ,सुनवल नगरपालिका ,सरावल गाउँपालिका,पाल्हिनन्दन गाउँपालिका अन्तर्गतका ३५ जनाकाे सहभागीता रहेको थियाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।