बारा, २३ मंसिर / बाराको जितपुरबाट लागू औषध सहित सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । जितपुरबाट हेटौडा जान बस कुरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याप जितपुरबाट खटिएको टोलिले लागू औषध सहित सहनीलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी निरीक्षक प्रकाश बिक्रम कार्कीको कमाण्डमा खटिएको टोलिले पर्सा जिल्लाको पकहामैनपुर गाउपालिका वडा नम्बर १ धोरे गाउँमा बस्ने चोकर सहनीको २२ बर्सिय छोरा जितेन्द्र सहनीलाई लागू औषध सहित पक्राउ गरेको छ । सहनी सङ्ग रहेको ओनेरेक्स ५५० थान सहित अवाश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जितपुरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले बताउनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।