राजन कुमार बानिया /पर्सा २४ भदौ
जनता समाजबादी पार्टी पर्सा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ नाम सिफारिस भएको डा.मधु गुप्ताले आफ्नो शक्रियता बढाउनुभएको छ । आज वीरगंजमा आउनुभएको जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव संग राजनीतिक भेटवार्ता गर्नुभएको छ । अगुवा कार्यकता भेलालाई सम्बोधन गर्ने वीरगंज आईपुग्नु भएको राष्ट्रिय अध्यक्ष यादव संग डा.गुप्ताले मङ्सिर ४ गते हुने आसन प्रतिनिधि सभाको बारेमा बिशेष कुरा कानी गर्नुभएको छ । डा.गुप्ताले पर्सामा जसपालाई अझ बलियो बनाउन कुन कुन कुरामा ध्यान दिनुपर्ने जिज्ञासा राष्ट्रिय अध्यक्ष यादव सम्झ राख्नु भएको थियो । सो क्रममा राष्ट्रिय अध्यक्ष यादवले जसपा पर्सामा भएको स–साना समस्यालाई निर्मुल गर्दै जाने हो भने यहा पार्टी अझ सशक्त हुने बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

