Rashtriya Dainik

पृथ्वीचन्द्र अस्पताल परासीमा डेंगु परीक्षण किट नहुदा बिरामीहरुलाई सास्ती , सराेकारवाला माैन

उमेश बि.क / नवलपरासी ,२४ भदौ

पश्चिम नवलपरासीकाे सदरमुकाम परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा ‘डेंगु परीक्षण किट’ एक हप्तादेखि नहुँदा बिरामीहरुलाई सास्ती खेप्न परेको छ।

जिल्लामा ज्वरो र रुघाखोकीका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।

परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा एक हप्ता देखि डेंगु परीक्षण गर्ने डायग्नोसिस (रोग पहिचान) किट नहुँदा उपचार सेवामै समस्या देखिएको छ।

अस्पतालमा भने डेंगुको परीक्षण नै भएको छैन । सरकारी किट नभएकाले उनीहरुले सेवा दिएका छैनन् ।

उच्च ज्वरो आउने, जीउ दुख्ने, वान्ता हुने, पेट दुख्ने लगायतका समस्या देखिएका बिरामी रातिमा भर्ना हुदा डेंगुको परीक्षणका लागि प्राइभेट मेडिकलमा परीक्षणका लागि बिहान कुर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

बिरामी सरकारी अस्पतालमा परीक्षण गर्न नसक्दा अन्यन्त्र मेडिकलमा पुगेर महँगो रकम खर्च गरेर सेवा लिनुपर्ने बाध्यता रहेको छ ।

जिल्लाकाे ठुलो सरकारी अस्पताल पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि सधै गुनासो अाएता पनि यहाँका ब्यवस्थापन समिति तथा सराेकारवाला ब्यक्ति भने खानमा तेल हालेर सुतेका छन ।

अस्पतालमै कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार दस वटा कीट मात्र रहेको थियो त्यो समाप्त भएको एक हप्ता जति भएको हाे । उनिसित कीटबारे साेधपुछ गर्दा सरकारी अस्पताल हाे यति छिटो तरिकाले उपलब्ध कहाँ हुन्छ अाउन समय लाग्छ जवाफ दिए ।

अस्पतालमा जादा काेठा गन्हाउछ , बेड अब्यवस्थित देखिन्छ तर यसप्रति सराेकारवालाकाे ध्यान जान सकेको छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित