Rashtriya Dainik

पाँच दिने दुग्ध परिकार तथा अचार बनाउने तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , २४ भदौ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ कार्यालयमा पाँच दिने किसानहरुलाई फलफूल तरकारी तथा दुग्ध परिकार एवं अचार बनाउने तालिम सम्पन्न भएको छ।

युनाइटेड मिसन टु नेपालको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा सन्चालित काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुर्नजिवन परियोजना (रिकाेभ) बाट किसानलाई साे तालिम प्रदान गरिएको हाे।

कार्यक्रमकाे समापन समारोहमा बाेल्दै परियोजना संयाेजक सुस्मिता शर्माले महिलाहरु आर्थिक रुपमा सवल र सक्षमहुनुपर्ने आवश्यकता रहेको भन्दै आर्थिक सवलीकरणका लागि सिप हासिल गरि प्राप्त सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष रबिन्द्र सहानीले अचार बनाउने तालिमले महिलाहरुमा आत्मनिर्भर बन्ने बाटो खुलेको बताउनुभयो । अब व्यवसायीक बन्न सके महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पुग्ने बताउदै अगामी दिनमा वडाबाट अाफुले सक्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएकाे थियो ।

स्थानीय स्तरमा पाईने खाद्य वस्तुबाट अचार कसरी बनाउने , दुग्ध परिकार कसरी बनाउने भन्ने बारेमा सिकारुलाई सिकाइएकाे रिकाेभ परियोजना फिल्डसुपरभाइजरले बताउनु भएको हाे।

१५ जना सहभागीता रहेको तालिमकाे सहजिकरण रामउग्र चाैहान र धनप्रसाद तिवारीले गर्नु भएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित