Rashtriya Dainik

सुस्तामा माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरूका लागि कानूनी सचेतना कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी , २३ भदौ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ छिबनीमा माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरूका लागि कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सुस्ता गाउँपालिका वडा नम्बर १ मा अवस्थित राष्ट्रिय मा.बि छिबनीमा आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयकाे अायाेजनामा कार्यक्रम भएको हाे ।

आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका सचिव काेमल प्रसाद धमलाकाे अध्यक्षता तथा सुस्ता गाउँपालिका अध्यक्ष टेक नरायण उपाध्यायकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

करिब ६५ जना सहभागी रहेको कार्यक्रममा पालिका उपाध्यक्ष गिता चाैधरी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल लगाएतले निकै राम्रो कार्यक्रम रहेकोेले यस्ता कार्यक्रम प्रत्येक स्थानीय तहकाे विद्यालयमा दिन सुझाव सहित कार्यक्रम निकै राम्रो रहेको प्रशंसा समेत ब्यक्त गर्नुभएको थियाे ।

कार्यक्रमकाे सहजिकरण आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका सचिव काेमल प्रसाद धमला तथा उपसचिव खिमानन्द ज्ञवालीले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित