राजन कुमार बानिया / पर्सा , २३ भदौ
पर्साकाे जगरनाथपुर गााउँपालिका वडा नं.३ का वडाध्यक्ष सुभाष कुमार यादव र वीरगंजनगरपालिकाकाे एडिबी परियोजना व्यवस्थापक इन्जिनियर नगिना यादवकी आमा स्व. शारदा देवीको १३ औं दिनकाे पुन्य तिथिमा बिहिबार श्रद्धाञ्जली सभा र बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ ।
जगरनाथपुर गाउँपालिकाकाे वडा नं.३ गढैयास्थित निजनिवासमा भएकाे श्रद्धान्जली सभामा सहभागिहरुले स्व. आमाकाे तस्बिरमा फुल माला र अविरकाे टिका लगाएर श्रद्धान्जली अर्पण गरेका थिए । श्री बाबा बैजनाथ आधारभुत बिद्यालय गढैयामा बृक्षाराेपण गरिएकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदले वताए ।
साथै आमाकाे सम्झनामा छाेराद्वय सुभाष र नगिनाले श्री बाबा बैजनाथ आधारभुत बिद्यालय गढैयालाई व्हाट बोर्ड समेत सहयाेग गरेकाे क्षेत्रिय सचिव अहमदले जानकारी दिए ।
नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे श्रद्धान्जली सभा तथा बृक्षाराेपण कार्यक्रममा प्रदेश सभा सदस्य शंकार प्रसाद चौधरी, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, नेपाली कांग्रेस पर्साका जिल्ला कोषाध्यक्ष प्रेमबहादुर थापा, नेता सहरुम राउत गद्दी, क्षेत्रीय सचिव बलिष्टर अहमद, क्षेत्रीय कोषाध्यक्ष बिनय भूषण द्विवेदी, सुरेन्द्र सिंह क्षेत्री, वडाध्यक्ष बिहारी महताे नुनिया, नेपाली प्रसाद कुशवाहा लगायतको उपस्थिती रहेकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

