Rashtriya Dainik

समाजवादी किसान महासंघ नेपालको केन्द्रिय उपमहासचिवमा तबरेज अहमद चयन

राजन कुमार बानिया / पर्सा २३ भदौ
जनता समाजवादी पार्टी (जसपा )निकटको समाजवादी किसान महासंघ नेपालको केन्द्रिय उपमहासचिवमा पर्साका युवा नेता तबरेज अहमद चयन भएका छन् ।
यहि भदौ ३ र ४ गते सम्पन्न भेलाले चयन गरेको समाजजवादी किसान महासंघको केन्द्रिय कार्य समितिले केन्द्रिय उपमहासचिवमा अहमदलाइ मनोनित गरेको हो ।
अहमद , जसपाको पर्सा जिल्ला सचिव र राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष पनि हुन् । आगामी निर्वाचनका लागि जसपा पर्साले पर्साको क्षेत्र नम्बर ४ को संघीय सांसदमा प्रत्यक्ष तर्फ उनको नाम पनि सिफारिस गरेको छ ।
समाजवादी किसान महासंघको केन्द्रिय अध्यक्ष मोरङका सन्जय सिंह , उपाध्यक्षमा खोटाङका बच्चु राइ ,झापाका विष्णुलाल मेचे , सुनसरीकी सीता यादव र सप्तरीका श्री प्रसाद भगत , महासचिवमा ललितपुरका ओमकृष्ण श्रेष्ठ र उपमहाासचिवमै सिरहाका टिका प्रसाद मोक्तान रहेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित