पर्सा २३ भदौ
सशस्त्र प्रहरीले ११८ दिन सम्म अबैध रुपमा नेपालमा बसेका भारतिय नम्बरकाे कार नियन्त्रणमा लिएकाे छ ।
सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट वीरगंजले बिआर ०६ एभि ५९१४ नम्बरकाे सेताे रंगकाे कार नियन्त्रणमा लिएकाे हाे ।
मंगबलबार दिउसाे २:३० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १६ भन्सार रोडस्थित खटिएको ७ जनाको गाडी मोबाईल टोलिले साे कार नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए ।
कार सोहि स्थानमा छोडी चालक भागेकोले उक्त गाडी चेकजाँच गर्दा मिति २०७९ ।०१ । २६ गते देखि मिति २०७१।०१।२८ गते सम्म गौर भन्सार कार्यालय रौतहटबाट प्रज्ञापन पत्र बनाई नेपाल प्रवेश गरी ११८ दिन सम्म अबैध रुपमा नेपालमा बसेको पाईएको हुँदा नियन्त्रणमा लिइएकाे सुचना अधिकारी बस्नेतले बताए ।
नेपाली रूपैया २० लाख पर्ने उक्त कार नियन्त्रणमा लिई विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको बस्नेतले जानकारी गराए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

