Rashtriya Dainik

पालिकाबासीलाई सहज सेवा पुर्याउन सबै कर्मचारीलाई अध्यक्ष चाैधरीकाे निर्देशन

राष्ट्रिय दैनिक / नवलपरासी , २३ भदौ

पालिकाबासीलाई सहज सेवा पुर्याउन सबै कर्मचारीलाई सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले निर्देशन दिनु भएको छ।

कर्मचारीहरु जनताको सेवा गर्न अाफ्नाे कर्मथलाे बनाएको हुनाले पालिकाका सेवाग्राहीलाई सहज छिटो छरितो तरिकाले सेवा प्रदान गर्न अध्यक्ष चाैधरीले निर्देशन दिनु भएको हाे।

१९ अाैँ निजामती सेवा दिवसकाे अवसरमा सरावल गाउँपालिकामा अायाेजित कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले कर्मचारी सिर्जनशील भइ सुशासनका साथ काम गर्नुपर्ने बताउनुभयो । साथै पालिकाबासिकाे आकांक्षाबमोजिम सुशासन, भ्रष्टाचारमुक्त र विकासको लक्ष्यलाई हासिल गर्न तथा “सुखी सरावल समृद्ध सरावल”को नारालाई साकार पार्न अाफु अगाडि बढिरहेकोले सबै कर्मचारी जिम्मेवार भइ पारदर्शी र जवाफदेही तरिकाले काम गर्न पनि अनुरोध गर्नुभएको हाे।

त्यस्तै पालिका उपाध्यक्ष बासमति हरिजनले आम जनताको इच्छा र चाहनालाई मध्यनजर गर्दै कर्मचारीहरु सुशासनको प्रत्याभूति दिलाउदै उत्तरदायी, जिम्मेवार र सुशासनको प्रत्याभूति दिन सक्ने काम गर्नुपर्ने कुरामा जाेड दिनुभएको थियोे ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलले जनप्रतिनिधिले बाेकेका सपना पूरा गर्न साथै समग्र सरावलकाे बिकासमा सबै कर्मचारी हातेमालो गर्दै उत्तरदायी, जिम्मेवार र सुशासनको प्रत्याभूति दिलाउन अाफुहरु लागिपर्ने बताउनुभएको थियोे ।

प्रशासकीय अधिकृत दुर्गा पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रममा सबै जनप्रतिनिधि तथा कर्मचारीहरुकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रममा पालिकाभित्र काम गर्ने पाँचजना जेष्ठ कर्मचारीलाई सम्मान गरिएको थियो ।

नेपालमा करिव ८३ हजार निजामती कर्मचारी रहेका छन् ।

तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । २०६० सालदेखि यस दिवस नियमित मनाउन थालिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित