Rashtriya Dainik

जसपाका केन्द्रीय सदस्य सिपु तिवारी सहितका नेताहरू माओवादीमा प्रवेश

राजन कुमार बानिया / पर्सा २२ भदाै ।
जनता समाजवादी पार्टी पर्सामामा विभिन्न पार्टी परित्याग गर्नेहरूकाे लर्काे लागेकाे छ । जसपाका केन्द्रीय सदस्य मुरलीमनाेहर तिवारी (सिपु तिवारी ) सहितका नेता कार्यकर्ताले जसपा परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केन्द्रीय सदस्य तिवारीलाई काठमाडौ को पेरिस डाढामा रास्ट्रिय अध्यक्ष पुष्प कमल दहाल ( प्रचण्ड ) ले नवप्रवेशीहरुलाई फुलमाला र खादा लगाएर स्वागत गरेका छन। मुरली मोहन तिवारीले भने देशकाे परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दाेलनहरूबाट संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष राष्ट्र स्थापना भएको र यसकाे जग नै माओवादी जनयुद्ध भएकोले माओवादी केन्द्रमा प्रवेश गरेकाे तिवारीले बताउनुभयाे । नेपालका आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, पिछडिएका वर्गहरूकाे समानुपातिक समावेशी अधिकार सुनिश्चित गर्नका लागि हामी आवद्ध जनता समाजवादी पार्टी नेपालकाे पनि भूमिका रहेपनि, पछिल्लो समयमा आएर जनता समाजवादी पार्टीमा स्वेच्छाचारीता, निरंकुशता र एकलौटी ढंगबाट पार्टी सञ्चालन गर्ने नेतृत्वको प्रवृत्तिले पार्टी फुटकाे संघारमा पुगेकाे तिवारीकाे बुझाई छ । नेतृत्वलाई पटक पटक बैठक र छलफलबाट पार्टीभित्र देखिएकाे विवाद समाधानका लागि आग्रह गरिएपनि आन्तरिक छलफलबाट समाधान नगरी सत्ता स्वार्थमा मात्रै केन्द्रित भएकोले जनता समाजवादी पार्टी नेपालबाट सामूहिक राजिनामा दिएकाे घाेषणा गरेकाे विज्ञप्तिमा जनाएको छ । तिवारीकाे जसपा बहिर्गमनसँगै पर्सा क्षेत्र नम्बर ४ मा जसपा रित्तिएकाे छ । यसअघि मधेस आन्दोलनबाट स्थापित नेताहरूले जसपा परित्याग गरि माओवादीमा प्रवेश गरेका हुन । यश भन्दा पहिला जसपाका केन्द्रीय सदस्य विरेन्द्र यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, माेहन यादव लगायतका नेताहरू माओवादीमा प्रवेश गरेका थिए। कमजाेर नेतृत्वकोका कारण पर्सामा हराएको माओवादी पार्टी नवप्रवेशीहरूकाे उत्साह र उर्जाले बलियाे बन्दै गएकाे हो । नवप्रवेशीहरुलाई काठमाडौमा अाज नेकपा माअोबादी केन्द्रका रास्ट्रिय प्रचण्डले फुलमाला लगाएर स्वागत गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित