गेर्मिमा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिको कार्यालय उद्दघाटन सहित कार्यक्रमहरु सार्वजनिक

नवलपरासी ,२३ मंसिर ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा स्मार्ट कृषि गाउँ कार्यक्रम शुरु भएको छ । साेमवार एक समारोह बिच गाउँपालिका ५ गेरमीमा स्मार्ट कृषि गाउँ कार्याक्रम कार्यान्वयन समितिको कार्यालय उद्दघाट भई कार्यक्रमहरु पनि सार्वजनिकिकरण भएको छ । समितिका संयोजक शिव कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जयसवालले कार्यालयको उद्दघाटन गरेका हुन् ।

कार्यक्रममा स्मार्ट कृषि गाउँ कार्यक्रमको कार्यक्रमहरु सार्वजनिक गरिदै सहभागि १०० जना किसानहरुलाई विभिन्न बालीको विउविजन र औषधीहरु वितरण गरिएको छ भने भोली थप २५० जना कृषकलाई पनि वितरण गरिने समितिका संयोजक शिव कुमार गुप्ताले जानकारी दिएका हुन्

लुम्बिनी प्रदेश सरकारले आफनो प्रदेश क्षेत्रलाई कृषिमा आत्मनिर्भर र किसानहरुलाई आर्थिक रुपमा सबल बनाउन सो स्मार्ट कृषि गाउँ कार्यक्रम ल्याएको छ । यस कार्यक्रममा प्रदेश सरकारले ७० प्रतिशत र किसानहरुले ३० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ । कृषि स्मार्ट गाउँका लागि प्रदेश सरकारबाट प्राप्त हुने ५० लाख र स्थानीय तहको समेत लागत सहभागितामा यो कार्यक्रम निरन्तर चार वर्षसम्म सञ्चालनमा रहने छ । याे क्षेत्रलाइ केन्द्रित गरि उक्त कार्यालय गेरमीमा खोलिएको समितिका संयोजक गुप्ताले जानकारी दिएका छन् ।

समितिका संयोजक गुप्ताको अनुसार स्मार्ट कृषि गाउँ कार्यक्रममा यस क्षेत्रलाई गहुँ र तरकारी क्षेत्रमा विकास विस्तार गर्ने योनजा रहेको जानकारी दिएका छन् । यस कार्यक्रममा सहभागि हुने किसानहरुले सबै आवश्यक कागजहरु पु¥याई फारम भरि वडा र गाउँपालिका मार्फत छनौट हुने प्रावधान गरिएको छ ।

स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयनको कर्याालय उद्दघाटन तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य बैजनाथ जयसवालले यस कार्यक्रमबाट यस क्षेत्रका किसानहरुलाई लाभाविन्त हुने र यस क्षेत्रलाई गुहँ तथा तर–तरकारी पकेट क्षेत्रको रुपमा विस्तार गर्ने विश्वास व्यक्त गरे ।


कार्याक्रममा विशेष अतिथि कृषि ज्ञानकेन्द्रका प्रमुख देवेशकुमार मिश्राले यो कार्यक्रम किसानहरुको हकमा रहेको र यसबाट किसानहरुले बढिभन्दा बढि फाईदा लिनु पर्ने सुझाव दिए । कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता, राग्राम नगरपालिका वडा २का वडा सदस्य धिरज हलुवाई, युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलि लगायतले यस कार्यक्रमबाट किसानहरु लाभाविन्त हुने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot