कृष्णनगर, कपिलवस्तु, मंसिर २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ गोलघर स्थितमा अबैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छलि गरि ल्याउदै गरेको आठ थान मोवाईल बरामद गरिएको छ । इलाका प्रहरी कृष्णनगर द्वारा खटिएको डिउटी टोलीले उक्त अबैध मोबाइल बरामद गरेको छ । अबैध रुपमा भारत बाट नेपाल तर्फ मोवाईल सेट भन्सार छली गरी लिई आउदै गरेका छन् भन्ने सुचनाको आधारमा मोबाइल बरामद गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।आवस्यक कार्यवाहीका लागी उक्त समान भन्सार कार्यालय कृष्णनगर पठाइएको साथै उक्त मोबाइलको अनुमानित मुल्य १ लाख ५० हजार बराबर रहेको इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ । आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।