राष्ट्रिय दैनिक /नवलपरासी , १८ भदौ ।
प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी घिमिरेले कर्मचारीहरुलाई काम गर्ने शैली फेर्न निर्देशन दिनु भएको छ । पालिकामा अरु क्षेत्र संगै सुशासन र पारदर्शिताको पाटोलाई पनि बलियो बनाउदै लगिएको भन्दै अल्छी र ढिलासुस्ती गर्ने कर्मचारीहरुलाई काम गर्ने शैली फेर्न निर्देशन दिनु भयो ।
गाउँपालिकाद्धारा स्थानिय सरकारका सय दिन, कार्यक्रममा कार्यक्रम अध्यक्षको रुपमा बोल्दै पालिका र यसका मातहतका कार्यालय एवं संस्थामा काम गर्ने कर्मचारीहरुलाई ढिलासुस्ती,अल्छी गर्ने जस्तो व्यवहार परिवर्तन गरि सेवाग्राहीहरु प्रति थप उत्तरदायि बन्न निर्देशन दिनु भयो ।
विगतका बर्षहरुमा कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुको ढिलाई सुस्ती, समयमा हाजिर नहुने जस्ता समस्या देखिएपनि अबका दिनमा ति व्यवहोराहरु सुधार्न प्रमुख प्रशासकिय अधिकृतले सबैलाई आग्रह गर्नु भयो ।
प्रमुख प्रशासकिय अधिकृत घिमिरेले भन्नु भयो, ‘‘कर्मचारी साथीहरु अबका दिनदेखि पालिका, स्वास्थ्य संस्था, विद्यालय, वडा कार्यालयहरुमा ड्रेस, परिचय पत्र लगाएर १० बजे हाजिर भई साँझ निर्धारित कामको समय ५ बजेसम्म काम गरेर मात्र घर फर्किने निर्देशन दिदैै यसमा अल्छी र हेल्चेक्राई गर्र्ने कर्मचारीलाई कार्वाही समेत गर्ने चेतावनी दिनु भयो ।”
उहाँले कर्मचारी, शिक्षक, स्वास्थ्य संस्था, वडा कार्यालयको गतिविधि पालिकाबाटै सिसिटिभि मार्फत निगरानी गरिने बताउदै प्रत्येक कर्मचारीले आफुले दिनभरि सम्पादन गरेको कार्यको विवरण बुझाउन समेत निर्देशन दिनु भयो ।
पालिकाबाट प्रदान गरिने सेवा छिटोछरितो प्रदान गर्ने, पालिकाका योजना तथा कार्यक्रमहरु कार्ययोजना बनाई असारभन्दा अगाडी नै सक्ने कर्मचारीलाई निर्देशन दिदै पालिका, वडा, विद्यालय, स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई आवश्यक तालिम र क्षमता अभिबृद्धिका कार्यहरु पनि गरिदै जाने बताउनु भयो । पालिकामा सेवा लिन आउने सेवाग्राहीहरु प्रति नरम स्वभाव प्रकट गरि बढिभन्दा बढि उत्तरदायी बन्ने समेत सुझाव दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले स्थानिय सरकारको १०० दिनमा सम्पादन गरेको कामहरुका बारेजमा जानकारी दिनु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

