Rashtriya Dainik

पर्सा जिल्लाको सीमा नाकाहरूबाट तस्करी कार्य मौलाउदै

रन्जित चाैरसिया / बिरगंज १८ भाद्र ।
पर्सा जिल्लाको सीमा नाकाहरूबाट तस्करी कार्य मौलाउदै गएपनि नेपाल प्रहरी मुकदर्शक बन्न पुगेका छन । पर्साको सदरमुकाम बिरगंजको इनर्वाबाट दिनप्रति दिन तस्करी कार्य मौलाउदै गएपनि प्रहरी चौकि प्रमुख मुकदर्शक बन्न पुगेका हुन ।

नेता र मन्त्रीको पावर लगाउदै प्रहरी चौकि इनर्वाको कमान्ड सम्भालेको २४ घन्टा नबितिदै घुमुवा परिचालन गर्नुको साथै ३ जना ठुला ठुला तस्करसंग प्रहरी चौकिमै बोलाइ भेटेको प्रहरी श्रोतले जनाएको छ ।

प्रहरी श्रोतका अनुसार बिरगंज भन्सार अगाडीबाटै कपडा तस्करी गर्ने गरेको तिन जना ठुला तस्करको गिरोह सङ्ग समन्वय गरी तस्करीको लाइन चलाएको बुझिन्छ । घुमुवा छोटेलाल यादवको माध्यमले तस्करहरू सम्पर्कमा आउने गरेको र वरिष्ठ प्रहरी नायब निरीक्षक भन्डारीले माङ्ग गरे बमोजिम रकम लिने गरेको श्रोतको दाबि रहेको छ ।

प्रहरी चौकि इनर्वाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भन्डारीले आफ्नो पावर गृहमन्त्रालय र भानु देउवासम्म रहेको तथा कसैले चलाउन नसक्ने घमन्डका कारण ठुला बडा तस्करीको लाइन खोलेको बताइन्छ । एक जना उच्च अधिकारीका अनुसार गृहमन्त्रालय र भानु देउवाकै प्रेसर आउन थालेको कारण आफुहरू केहि गर्न नसकेको बताए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत लगायत मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजि मसाउद आलम खा ले समेत वरिष्ठ प्रहरी नायब निरीक्षक भन्डारीलाइ केहि गर्न नसकेको श्रोतको दाबि रहेको छ ।

यता दिनप्रति दिन इनर्वा नाकाबाट बढदै गएको तस्करीलाइ नियन्त्रण गर्नुको सट्टा झन बढावा दिने वरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भन्डारी माथि प्रहरी संगठनका प्रमुख लगायत सम्बन्धित निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित