नवलपरासी , १७ भाद्र
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका स्वास्थशाखा प्रमुख हरिशंकर गुप्ताकाे कार्य सैलिमा गुनासो आउन थालेको छ ।
स्वास्थशाखा प्रमुख हरिशंकर गुप्ताले मनाेमानी ढंगले स्वास्थ्यशाखा अन्तर्गतकाे काम क्रियाकलाप गरिरहेकाे पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले गुनासो गर्नुभएको छ।
पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक ) , प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गाैतम र अाफु कार्यालयमा नरहेको माैकाछाेपि बिना जानकारी स्वास्थ्यकाे वार्षिक प्रगति समिक्षा गाेष्टी स्वास्थशाखा प्रमुख हरिशंकर गुप्ताले राखेको भन्दै उपाध्यक्ष अन्सारीले अाप्पति प्रकट गर्नुभएको हाे ।
जनप्रतिनिधिलाई बिना जानकारी कार्यक्रममा समाबेस नगरी पालिका मातहतका शाखाले कार्यक्रम गर्नु नियतबस बदमासी गरेको उपाध्यक्ष अन्सारीले बताउनुभयो ।
राष्ट्रिय दैनिकसंग कुराकानी गर्दै उपाध्यक्ष खातुनले भन्नुभयो : मलाई कार्यक्रमबारे जानकारी थिएन । कार्यक्रम सन्दर्भमा अरुबाट थाहा पाएर जिल्लाकाे कार्यक्रमबाट पालिका पुगेर स्वास्थशाखा प्रमुख हरिशंकर गुप्तासंग अाफु कार्यक्रमबारे साेधपुछ गर्दा तपाईंलाई केकाे मतलब जवाफ दिए । गुप्ताको जवाफबाट अाफु असन्तुष्ट हुदै उपाध्यक्ष खातुनले पालिकाका हरेक गतिविधि अाफुलाई जान्न जरुरी रहेको र हरेक कामबारे जनप्रतिनिधि र कर्मचारी जवाफदेही हुनेपर्ने जवाफ दिदै कार्यक्रम उपलब्धिमुलक तरिकाले सबैलाई समाबेश गरेर गर्न अादेश दिनुभयो ।
स्वास्थशाखा प्रमुख गुप्ताले उपाध्यक्षकाे कुरालाई बेवास्ता गरि कार्यक्रम गरिरहे । स्वास्थशाखा प्रमुख गुप्ताले अटेरी तथा मनाेमानी गरेको बताउदै यस्ता कर्मचारीलाई कार्वाहीकाे दायरामा ल्याउने उपाध्यक्ष खातुनले भनिन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

