Rashtriya Dainik

जसपाद्वारा पर्साको प्रदेश सभा सदस्यको लागि कलवारको एकल नाम सिफारिस

राजन कुमार बानिया / पर्सा १७ भादौ
जनता समजवादी पार्टी नेपाल पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र न .४ को ख बाट प्रदेश साँसदको उमेदवारमा सिंगासन साह कलवारलाई एकल सर्बसहमतबाट प्रत्यक्ष उमेदवार घोषणा गरेका छन। क्षेत्र नं ४ का क्षेत्रिय अध्यक्ष रामपुकार यादवको अध्यक्षतामा र क्षेत्रनं ४ (ख) का क्षेत्रिय अध्यक्ष दिपक सर्राफको अध्यक्षतामा भएको बैठकबाट सर्बसहमत बिधायक पदका उमेदवारका एकल सहमती भएको हो। क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा दुई जनाको नाउँ सिफारिस भएको छ । प्रतिनिधि सभासाँसदमा रास्ट्रिय अध्यक्ष उपेन्द्र यादव,र पर्सा जिल्ला सचिव तबरेज अालम, लाई पर्सा क्षेत्र नं ४ का प्रतिनिधि सभाका साँसदको उमेदवार सर्बसहमती बाट निर्णय गरेका छन। अाजको बैठकमा जसपाका प्रदेश सदस्य धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, सचिन सिंह लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित