Rashtriya Dainik

लहान गोठमा ४ कोठे भवनको उद्घाटन

महेश सिंह /सिरहा लहान १७ भदौ – सिरहाको लहान नगरपालिका वाडा नम्बर ९ लहानगोठको अधारभुत बिधालय को ४ कोठे भवनको उद्घाटन भएको छ्।

उक्त बिधालयमा करिब ४ सय विद्यार्थीहरु अध्ययन अध्यापन गरिरहेका छ। निकै पुरानो भएकोले र बिधालयमा कक्षाकोठाको निकै अभाव रहेको थियो कार्यरत रहेका एक शिक्षकले बताए।

बिधालय ब्यव्यवस्थापन समितिको अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि महेश प्रसाद चौधरी रहनु भएको थियोे। सोही वाडाका अध्यक्ष प्रदिप नारायण चौधरी बिशिस्ट अतिथि रहनु भएको थियो। पुर्व बिधालय ब्यव्यवस्थापन समितिको अध्यक्ष राम रतन यादवको समेत कार्यक्रम उपस्थिति रहेको आयोजकले बताए।

मेयर चौधरीका अनुसार बिधालय सुधारका लागी लहान नगरपालिकाले ५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो। शिक्षक पुर्तिका लागी पालिकाले ४ वटा शिक्षक दिने बताए। बिधालयमा शिक्षक अभावको कारण गुणस्तरीय शिक्षा हासिल गर्न निकै कठिन हुने उनले बताए।

भवन उदघाटन संगै बृक्षा रोपन र नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित