Rashtriya Dainik

व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण काङ्ग्रेस नवलपरासीमा विवाद

राष्ट्रिय दैनिक / नवलपरासी , १७ भदौ

नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीमा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेकाे छ ।

नेपाली काङ्ग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको काङ्ग्रेस नेताहरु बताएका छन् ।

अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा काङ्ग्रेसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतर्फ जाने धारणासमेत नेताहरुकाे रहेको छ ।

जिल्लामा प्रतिनिधि सभा सदस्य एव्ं कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल र संविधान सभा सदस्य विक्रम खनालको दुई गुट छ । कंडेल पार्टी सभापति एव्ं प्रधानमन्त्री शेर बहादुर देउवा गुट नजिक हुनुहुन्छ भने खनाल शेखर काेइराला गुटका हुनुहुन्छ ।

खनाल पक्षमा जिल्ला नेतृत्वटिम रहेकोले कण्डेल पक्षकाे नेतृत्व वर्गलाई निलम्बन गर्दै अाफ्नाे पक्षका ब्यक्तिलाई नियुक्ती दिदै मनाेमानी ढंगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नाम संकलन गरेकाेले विवाद झन बढ्दै गइरहेको छ।

साेहि क्रममा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिती प्रतिनिधीसभा क्षेत्र नं २ नवलपरासीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै नेपाली काग्रेस क्षेत्रीय कार्यसमिती प्रतिनिधीसभा क्षेत्र नं २ नवलपरासीले नेपाली काङ्ग्रेस जिल्ला कार्यकमितीका सभापति अर्जुन कुमार पोखरेलले अनाधिकृत रुपमा मिति सच्यायर जिम्मेवारी हेरफेर गरेकोमा गम्भीर ध्यानाकर्षण जनाएको हो ।

पोखरेलले २०७९/५/१५ लाइ सच्याएर २०७९/४/१५ बनाएका प्रष्ट देख्न सकिन्छ । क्षेत्रीय कार्यसमिती प्रतिनिधीसभा क्षेत्र नं २ कार्यसमिति सभापति माधब प्रसाद पाण्डेलाई निलम्बन गरि यम प्रसाद भुसाललाइ नियुक्ती दिइकोमा कार्यसमितिले बिरोध गरेको छ ।

जिल्ला अनुशासन समितिले नाम केन्द्रमा सिफारिस गर्न पाइने अधिकार भएकोले विधान मिचेर मनाेमानी ढंगले निलम्बन गरेकोप्रति काङ्ग्रेस नेतृत्वपंक्ति पार्टी भाड्ने काम भएको भन्दै अाप्पति जनाएका छन ।

साथै समितिले क्षेत्रीय कार्यसमिती प्रतिनिधीसभा क्षेत्र नं २ नबलपरासी सभापतिमा माधब प्रसाद पाण्डे कायम रहेको स्मरण गराउदै पार्टीलाई कमजोर बनाउने तत्वसंग सावधान रहन पार्टी पङ्तीहरुलाई अपिल समेत गरेको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सभापति अर्जुन कुमार पोखरेल अाफु जिल्लामै हुदा पनि कार्यवाहक सभापति उपसभापति बिक्रम यादवलाई दिई पार्टीमा झन चलखेल बढ्दै गइरहेको नेताहरुले अाप्पति प्रकट गरेका छन ।

उता नेपाली काग्रेस क्षेत्रीय कार्यसमिती प्रतिनिधीसभा क्षेत्र नं १ नवलपरासीबाट प्रतिनिधिसभा सदस्यका लागि संविधानसभा सदस्य द्वय देवकरण कलवार सन्तु र बिक्रम खनालबिच नाम सिफारिसमा निकै रसाकसी चलिरहेकाे छ।

बरिस्ठता , लाेकप्रियता र पकडकाे हिसाबले नेता कलवार अगाडि रहेकोले प्रतिनिधिसभा सदस्यकामा टिकट पाए जित सुनिश्चित रहेको काङ्ग्रेस नेताहरुकाे भनाइ रहेको छ ।

त्यस्तै नेपाली काग्रेस क्षेत्रीय कार्यसमिती प्रतिनिधीसभा क्षेत्र नं २ नवलपरासीबाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलकाे एकल नाम अाइरहेकाेले लाेकप्रियता र पकडकाे हिसाबले वहाँकाे जित सुनिश्चित रहेको काङ्ग्रेस नेताहरुकाे भनाइ रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित