Rashtriya Dainik

बर्दघाट नगरपालिकाले सय दिने कार्य प्रगति बिवरण सार्वजनिक

नवलपरासी ,१५ भदौ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सय दिने कार्य प्रगति बिवरण सार्वजनिक गरेको छ ।

आर्थिक बर्ष ७८÷७९ का लागि कुल ९१ करोडको बजेट बिनियोजन गरेको नगरपालिकाले आज पत्रकार सम्म्ोलनको आयोजना गरी सय दिनको कार्यप्रगति बिवरण सार्वजनिक गरेको हो ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले कार्य प्रगति बिवरण पेस गर्नु भएको हो ।नगरले शिक्षा,श्वास्थ्य,कृषि,लघु उधम बिकास,भुमि प्रशासन,सडक यातायात,बिपद व्यवस्थापन,बिधुतिकरण लगायतका क्षेत्रमा अघि बढाईएका योजनाहरु र त्यसको कार्य प्रगति र उपलब्धीका बारेमा जानकारी गराएको छ ।

सय दिने कार्यप्रगति विवरण पेस गर्दै नगर प्रमुख श्रेष्ठले संघिय सरकारमार्फत परेको ट्रमा सेन्टर जग्गाको यकिन नहुदा सो प्रत्रिया रोकिएकाले आफुहरुको पहलमा पुनःसम्पुर्ण कागजि प्रक्रिया पुरा गरी योजना पार्न सफल भएको बताउनुभयो । ट्रमा सेन्टरकालागि नगरको पहलमा बहुबर्षिय योजना अन्तर्गत ३३ करोडको लागत अनुमानमा ४ करोड रुपैया यसै बर्षकालागि बिनियोजन भएको जानकारी दिनुभयो । ट्रमा सेन्टर निर्माणकालागि नगरले जगा अधिग्रहणका निम्ती पहल गरिरहेको बताउदै नगरको गौरवको योजनाको रुपमा अघि बढ्ने बताउनुभयो । ट्रमा सेन्टर आम बर्दघाटबासीका लागि निकै चासोको बिषय बनेको छ ।

नगरपालिकाले बिधुतिकरण नपुगेका पहाडिभेगहरुमा तत्कालकालागि सोलार बत्ति बितरण र बिधुतिकरणकालागि पहल गरिने उल्लेख गरेको छ भने सो क्षेत्रहरुमा सोलार बत्ति बितरण समेत भैरहेको जनाएको छ । त्यसैगरी नगरपालिकाले कृषि क्षेत्रको बिकासकालागि किसानहरुसंग छलफल गरी किसानका समस्याको समाधान गर्ने प्रणलिको बिकास गरिएको बताउदै पशुपालक किसानहरुलाई बिभिन्न खालका प्रोत्साहनका कार्यक्रम समावेस भएको जनाएको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले चिसापानीमा रहेको जगाको बिषय अदालति प्रक्रियामा रहेकाले राष्ट्रिय आवास कम्पनिको मातहतमा आउने बितिकै सो जगालाई नगर मातहत ल्याई सार्वजनिक हितको रुपमा प्रयोग गर्ने गरी दृढ रुपमा आफुहरु लागिपरेको बताउनुभयो । सडक दुर्घटना न्युनिकरणकालागि टिसिएन चोक र नगरका अन्य स्थानहरुमा सिसी क्यामेरा जडानकालागि बजेट बिनियोजन भै प्रत्रियामा रहेको कार्य प्रगति बिवरणमा उल्ल्ेख गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित