राजन कुमार बानिया / पर्सा ,१४ भदौ
जनता समाजवादी पार्टी नेपाल प्रदेश सभा क्षेत्र नं ३ (क) र (ख)को क्षेत्रीय भेलाले सम्पन भएको छ । क्षेत्रिय भेला बाट उपेन्द्र यादव लाई ( क ) को र पवन सिंह लाई (ख)को अध्यक्ष पद मा सर्बसहमत बाट चयन गरिएको छ ! दुबै प्रदेशिक क्षेत्रीय समिति मा ४१ सदस्यीय समिति गठन भएको हो ! संसदिय क्षेत्र न ३ को अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथ्य सांसद हरिनारायण रौनियार को प्रमुख्य अतिथ्यमा सम्पन भएको थियो । कार्यक्रम मा प्रदेश सांसद मंजुर अंसारी, केन्द्रिय सदस्य जनार्दन यादव, फिरोज मन्सुर , सह इन्चार्ज महाराज यादव, पार्टीका बरिस्ठ नेता सुरेन्द्र प्रसाद कुर्मी , केन्दिय परिषद सदस्य एव पुर्व उपमेयर सलमा खातुन शिवजी सोनी , बहुदरमाई नगरपालिका नगर प्रमुख सिंगासन साह, केन्द्रिय सदस्य शिव कुमार साह,जिल्ला सचीव तबरेज अहमद, प्रदेश सदस्य गौरीशंकर साह ( दादा) प्रदिप जैसवाल, जिल्ला सदस्य , रमेश साह तेली , युवानेता गोपी यादव,युवा नेता प्रमोद जैसवाल, लगायत नेता कार्यकर्ता हरु उलेखनिय सहभागीता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

