राष्ट्रिय दैनिक / नवलपरासी , १४ भाद्र
रामायणका प्रेणता महर्षि वाल्मिकीको आश्रम दिव्य शालग्राम प्रदायिनी नारायणी, आदी पञ्चनदीको सङ्गम स्थल गजग्राह जस्ता खादी पौराणिक तिर्थ स्थलदेखी निकट पश्चिमोत्तरमा माता दाउन्नेदेवीको काखमा, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बीनी निकट पाराशर ऋषिको तपोभुमी नाममा रहेको नवलपरासी जिल्ला अन्तर्गत सुनवल नगरपालिका वडा नं. ११, केरवानीमा अवस्थीत यस धार्मिक, संस्कृतिक, एतिहासिक एव पुरातात्विक धार्मिक धरोहर भगवत शिवभक्त नन्दिश्वरको तपोभुमी पूण्य पावन क्षेत्र बाबा वर्दगोरिया मन्दिर धाम तथा अमर पोखरीको आफ्नै धार्मिक महत्व र विशेषता रही आएको छ ।
बाबा बर्दगोरियाधामको पृष्ठभुमी
विभिन्न जातका रङ्गीविरङ्गी फुलहरुको स्वाभिमान तरलाताले ढाँकिएको चुरे पहाडको काँखमा अवस्थित यस धामको बिभिन्न पंक्षिको कुहुकुहु ध्वनी, मयुरको नाँच, शङ्घण्टको सुमधुर ध्वनीले महत्तव बढाएको अनुभुत हुन्छ । बाबा बर्दगोरीयालाई दाहिने पारेर बग्ने पानभार नन्दी नदी र बाया पारेर बग्ने भुमही नन्दी नदीले यस धामलाई सिञ्चन गरी पवित्र तुल्याएका छन । बाबा बर्दगोरीयाको अगाडिपट्टी रहेको अमर पोखरीले जिवजन्तु वनस्पतीको जीवनलाई उर्जा थपिरहेको छ । पंक्षीको कुञ्जन, किटपतङ्गको गुञ्जन, दुवैतर्फ सलल बग्ने सलिलाको कलकल ध्वनी, सन्तजनको शिवशिव ध्वनी, सदावर्त धुवाँईरहने अखण्ड आनन्द वर्षाउने एकपवित्र धाम हो । आजको बैज्ञानिक युगले निम्तयाएको बिभिन्न तनावलाई यस धामले बिर्साएर आध्यात्मिक सुखको अनुभुत गाराउँछ । यस धाममा आएपछि हरकसैले आनन्द अनुभुत गर्दछन र केही क्षण भएपनी आध्यात्मिक सुख प्राप्त गर्दछन ।

१. पुरातात्विक महत्व
हाल बाबा बर्दगोरीया धाममा प्राचिन दरबार, मठमन्दिरहरु नभए पनि भुमही नन्दी नदीले कटान गर्दा विभिन्न समयमा देखापरेका विभिन्न शैलीमा कुदिएका प्रस्तार मुर्ति, चक्र र पर्खालमा प्रयोग गरिएका ढुङ्गामा, माटाका भाँडा र ताम्रपत्रसमेतले यस धामको प्राचितलाई पुष्टि गर्दछन । यहाँ प्राप्त मुर्ति, चक्र मन्दिर परिसरमा यत्रतत्र देख्न सिकिन्छ । वि.सं. २०५० मा नदीकिनारमा प्राप्त ताम्रपत्र साविक रामनगर गा.वि.स. कार्यालय र पुरातत्तव विभाग काठमाण्डौमा सुरक्षित राखिएको छ ।
नेपाल सरकार पुरातत्व विभाग अनुसार उक्त ताम्रमत्रको भाषा वि.सं. १२१२ हो । यसको लिखित प्रमात्र साविक रामनगर गाविसको कार्यालयमा सुरक्षित राखिएको छ । यस धाममा रहेको नन्दीकेश्वरको मुर्ति पनि सोही समयको हो वा उक्त समयभन्दा पहिलेको हो भन्ने अद्यापि प्रमाणित भएसकेको छैन । हाल यहाँ रहेको मुर्ति वि.स. २०२१–२०२२ साल तिर केही सुगम स्थानमा लैजान खोज्दा गोरु गाडा भाँचिएको र तत्कालीन पुजारीलाई सपनामा म यसै स्थानमा बस्छु, अन्यन्त्र लैजाने प्रयास नगर भन्ने दिक्षा प्राप्त भएपश्चात यहाँको समाजको सहमती अनुसार क्षेदी यादवले हालको मन्दिर निर्माण गरेको जनश्रुति पाईन्छ । यहाँका प्रस्तर मुर्ति र चक्र वालमिकी आश्रम त्रिवेणी र काँक्रेबिहार सुर्खेतका कलात्मक ढाँचासंग मिल्दाजुल्दा रहेको छन ।

२. किवदंती
प्राचिन कालमा हालको सुनवल न.पा.–११ केरवानीमा बाबा बर्दगोरीया धाम मन्दिर रहेको छ । त्यस ठाउँमा भान्जा परशुरामको दरबार रहेछ । यसै सुनवल न.पा. ११ भडरी धुसामा मासी सतिसवरिया मन्दिर छ । त्यस ठाउँमा मामा राजाराम र माइजु सती बस्ने दरबार रहेछ । दरबारको आँगनमा तुलसीको ठुलो मठ रहेछ । मामाभान्जाका हजारौ गाई रेहेछन । त्यस बथानमा एउटा ठुलो नदी साँढे पनि रहेछ । नन्दीलाई शोभायमान तुल्याउन राजाले सुनको हार लगाइदिएका रहेछन । नन्दी अत्यन्त बलियो भएकोले शोभायमान तुल्याउन राजाले सुनको हार लगाई दिएका रहेछन । नन्दी अत्यन्त बलियो भएकोले अनमत्त भएर सिंगौरी खेल्दा एउटा सिङ हालको खैरेनी नजिकै खसेछ त्यस ठाउँमा सिङ खसेकोले हाल उक्त स्थानलाई सिंगाहा भनिन्छ । सुनको हार लगाएको नन्दी देखेर जोकोही पनि मोहित हुँदा रहेछन । नन्दीको हारमाथी दुष्टका आँखा नलाग्ने कुरै भएन । दुष्टहरुको उक्त हार प्राप्त गर्ने प्रयासस्वरुप नन्दी र गाईलाई जालमा पारेछन । चरुवाहरुले गाई र नन्दी पासोमा परेको बखर दरबारमा पुयाएछन ।

पासोबाट नन्दी र गाई छुटाउन मामाभान्जा दुुवै रानीले ठुलो शोक गरिछन । रानीको शोक देखेर राजाले रानीस् माहि युद्धमा जाँदैछौ, यस युद्धमा हामीले विजय प्राप्त गदछौ, गर्दैनौ केही थाहा छैन । आँगनमा रहेकी यी तुलसिको मठमा बरेर तिमि शिवजीको आराधना गर । यदि युद्धमा हामीले विजय प्राप्त गर्याै भने यी तुलसि हालजस्तै हराभरा रहने छिन यदि युद्धमा हामी पराजय भोग्नु पयो भने यी तुलसी ओइलाउने छिन र भन्ने ज्ञान दिएछन र गाईलाई पासोबाट छुटाउन मामाभान्जदा दुवै हिडेछन । उता गाईहरु पासोबाटफुत्की कुँदन थालेछन । यसरी पासोमा पारिएका गाई र हारले युक्त नन्दी कुदन लागेको देखी हारका लोभी दुष्टहरुले नन्दीको गर्दनमा धारिलो हतियार प्रहार गरेछन । त्यही नन्दी नन्दीको शिव र धड अलग भएछ । हाल त्यस स्थानलाई गोरकट्टा भनिन्छ ।
प्रचण्ड वेगमा दौडिएको नन्दीको शिर केही स्थान अगाडी खसेछ, त्यस स्थानलाई हाल मुढवारिया भनिन्छ । शिरविनाको घड । शिरविनाको धड दाडदै गर्दा खुर उक्किएर खसेको स्थानलाई हाल खटवट भनिन्छ । नन्दीले लगाएको हाल असेको स्थानलाई हाल सुनवल भनिन्छ । बिमान नहुँदै अमर पोखरिको जल पान गर्न पाए पुनर्जिवन हुन्छ भन्ने आत्मबोधले आमरपोखरीतिर हानिएको नन्दीको शिर उक्त पोखरीको जल पान गर्न पाए पुनर्जीवन हुन्छ भन्ने आत्मबोधले अमरपोखरीतिर हानिएको नन्दीको शिर उक्त पोखरिको नजिकै पुग्दा बिहान भएछ र नन्दीको सशिर प्रस्तर मुर्तिमा परिण भएछ ।

आज पनि अमरपोखरिु भन्दा बरिब ५०० मिटर मश्चिम मा अमरपोखरीतर्फ फर्किएको अवस्थामा नन्दीको प्रस्तर मुर्ति देख्न सकिन्छ । तिनै नन्दी किर्तेश्वर महादेवको रुप धारण गरी उक्त स्थानमा बसेकाले तिनैको नामबाट यो मन्दिरको नाम बाबा बर्दगोरीया धाम रहन गएको बताइन्छ । मामाभान्जा गाईहरु पासोमुक्त भएको अबर पाएपछि घरतर्फ फर्केछन । नन्दीको बध भएकोले याता तुलसि ओइलाए जस्ती भएछन । तुलसि औलाएपछि माइुले आफ्ना पति र भान्जाले युद्धमा वीरगति प्राप्त गरेको ठानी दुष्टहरुले आफुलाई पानी नछोडने विचार गरी दुृष्टहरु आउनुपुर्व नै आराध्यदेव भगवान शिवसँग हे भगवान यदी हजुर मेरो आराधनाबाट खुसि हुनुहुन्छ भने मलाई प्रस्तरको मुर्ति तुल्यादिनुहोस अनि मलाई स्पर्श गर्ने पनि प्रस्तर नै होस भनिछन । शिवले खुसी भएर उनलाई प्रस्तरको मिुर्तिमा परिणत गरिदिएछन ।
राजाराम र भान्जा दरबारमा फर्केपछी प्रस्तर रुपमा देखेछन । राजाले हे प्यारी मिमीलाई के भयो भनि मुर्तिलाई अँगालो हाल्दा उनी पनि प्रस्तरै भएछन । भन्दाले मामातपाईलाई के भयो भनीमामालाई अंगालो हाल्न जाँदा भन्जा पनि प्रस्तरको मुर्ति देख्न पाइन्छ ।

३. पवित्रता
देवादिदेव भगवान शिवसंग सम्बन्धित र प्राचिन नन्दिकेश्वर भगवानको मुर्ति रहेकोले हरेक सोमबार यस मन्दिरमा श्रद्धालुहरुको घुँचो लाग्दछ । भगवान बर्दगोरीयाको आशिर्वचनले मनोकांक्षा पुर्ण ठानी भक्तजनहरु बाबाको दर्शन र आराधना गर्न आउँछन । यस क्षेत्रका श्रद्धालुहरुले हरेकक सोमबार दुघ चढाएर भगवानको स्तुति गर्दछन । सन्तान, धनसम्पती, सुख, वैभवको आकांक्षा गर्नेहरु पवित्र मन लिएर बाबाको दर्शन गरे फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यहाँ बाला चुतर्दशी, शिवरात्री, श्रावण महिना र भाद्र शुक्ल तृतीय (तिज) मा ठुलो मेला लाग्दछ । खास गरी तीजको समयमा नेपाल र भारतका उत्तरप्रदेश, उत्तराखण्ड, विहार,झारखण्ड जस्ता विभिन्न स्थानका भक्तजनहरुको घुँईचो हुन्छ । विगत दश वर्ष पहिले नदिले भुमि कटान गर्दा प्रकटेश्वर महादेव प्रकट भएकोले उक्त मवित्र मुर्तिलाई बाबा बर्दगोरीया मन्दिर समिति र जयदुृर्गे भजन मण्डली रामनगर भुमहीको अगुवाईमा १०८ शिवलिङग तथा १०८ पिपलको व्यवस्थापन गरी प्रत्येक सोमबार जलापर्वण गरिनाले यसको महत्व अर्झ बढेको पावइन्छ ।
पवित्र भुमही नन्दी नदी, पानभार नन्दी नदीमा स्नान गरी अमरपोखरीको पवित्र जल बाबा बर्दगोरीया चढाएमा मनोवांछित फल प्राप्त भई मन शान्त र जीवन सुखी हुन्छ अनि देहावसान पश्चात शिवलेक प्राप्त हुन्छ भन्ने जनविश्वास रहेकोले यस धाममा सके चारवटै पर्वमा नसके वर्षको एकपटक भगवान नन्दीको दर्शन गरी जीवन सार्थक तुल्याउन सकिन्छ ।

प्राचिनकाल देखी नै निरन्तर रुपमा यस तिर्थस्थलको अवलोकन पुजाआराधना तथा वार्षिक रुपमा लाग्ने श्रावणी मेला र ती मेला भर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय धार्मिक पर्यटक उद्योगी व्यापारी लगायत हज्जारौ श्रद्धालु भक्तजनहरुले आगमन मुन्छ । विगतमा ब्रह्माण्डीय सनातन धर्म महासभा नेपालले मिति २०६९ मार्ग २० गतेदेखी २०६९ पौष ५ गते सम्म महारुद्र एव पञ्चदेव धान्याञ्चल विराट ज्ञान महायज्ञ साथै विश्वमै अद्धितीय मानिने १११११कन्या पुजनसहित जगत भएको थियो । यसै गरी बाबा बर्दगोरीया धाम विकास संस्थाको आह्वान तथा सुनवल नवलपरासी भक्तजनहरुको संरक्षणमा नेपाल महर्षि वैदिक प्रतिष्ठनद्धारा विगत दुई वर्षदेखी अखण्ड रुपमा वरिष्ट धार्मिक विद्धान यज्ञाचार्यज्युहरुको अगुवाइमा ३३ देखि ४४ जना वैदिक पण्डितज्युहरुको सहभागिता र सहकार्यमा विश्व शान्ति ब्रह्मानन्द सरस्वती ज्ञान महायज्ञ सञ्चालित भइरहेको छ ।

यस धाममा परम्परागत लाग्दै आएको तीज मेलालाई थप मर्यादित र प्रभावकारी बनाउन यस बाबा बर्दगोरीया धाम विकास समिति एवम सुनवल नगरपालिका कार्यालयको संयुक्र आयोजनामा बुद्ध सर्किटलाई जोडदै लुम्बिन, देवदह, रामग्राम, त्रिवेणीधाम हुँदै बाबा बर्दगोरीयालाई पनि बुद्ध सर्किटलाई जोडि धार्मिक तथा पर्याटकीया क्षेत्र विस्तार गर्न अभिप्रायले यस क्षेत्रका कार्मिक तथा भौतिक पुर्वाधार विकास एवम वैदिक सत्य सनातन धर्म, दर्शन, संस्कृत, परम्परा र सभ्यताको संरक्षण, संवद्र्धन विकास विस्तार कार्यको लागि सप्ताहव्यापी जीज मेला एवम धार्मिक तथा भौतिक महोत्सव २०७५ मिति २०७५ भाद्र २१ गते देखि २७ गते सम्म भव्य र सभ्य तरिकाबाट शुभारम्भ हुने हुँदा यस क्षेत्रका सम्पुर्ण धार्मिक, शैक्षिक भौतिक र सामाजिक विकास प्रेमी महानुभावज्युहरुले कार्यक्रम सफल गराउन आ–आफ्नो स्थानबाट कर्तव्यबोध गर्नुहुनेछ भन्ने अपेक्षा गर्दै यस्तो ऐतिहासिक, अद्धितिय धार्मिक तथा संस्कृतीक धार्मिक महोत्सवमा आदरणिय आमाबुवाm, दाजुभाई, दिदिबहिनि तथा धर्ममा आस्था राख्ने अध्यात्मक संस्कार, संस्कृती, परम्परासँग सम्बन्धित संघ संस्था, क्लब, आमा समुह भजनकिर्तन मण्डली, बजारगाजा, संस्कृतीक झाँकी लगायत यस क्षेत्रका समपुर्ण धर्मावलम्बी महानुभावज्युहरुलाई स्वतः स्फुर्तहरुमा तन, मन, धन तथा सम्पुर्ण भावसहित यथोचित प्रकारको सहभागिताको हार्दिक आह्वान गरिनछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

