महेश सिंह सिरहा लहान १३ भदौ -सिरहाको लहान नगरपालिकाको बजार र राजमार्ग अन्तर्गत पर्ने लहान बजारको मुख्य चौकहरुमा अपराधीक घटनाहरुलाई सहज र सरल तरिकाले पता लगाउन लहान नगरपालिकाले ईलाका प्रहरी कार्यालय लहानको अनुरोधमा अस्पताल चौक र सहिद पार्कमा गुणस्तरीय शिसी क्यामरा जडान गरिने मेयर महेश प्रसाद चौधरीले बताए।
बिगतमा जडान भएको शिसी क्यामरालाई निरीक्षण गर्न मेयर चौधरीले ईलाका प्रहरी कार्यालय पुगेकाका थिए।राजमार्गको मुख्य दुई स्थानमा गाडीहरूको नम्बर पलेट शिशी क्यामराबाट प्रष्ट देखिने गुणस्तरीय शिशी क्यामरा जडान गरिने मेयर चौधरीले बताए।
लहानमा अपराधीक घटनाहरु दिन प्रति दिन निकै बढदै जादा स्थानीय र सर्बसाधारणहरुले जोखिम खेपी रहेका छन्। राजमार्गमा हुने सडक दुर्घटनाको गाडीहरूलाई सहज र सरल तरिकाले पता लगाउनमा सहयोग होस् भने उदेश्यले क्यामरा जडान गर्न लगेका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

