बिरुवा गाउँपालिकामा MBBS डाक्टर र एम्बुलेन्स सेवा शुरू

तुलसी राम पौडेल /स्याङ्जा (मेसस) ,मंसिर २२

गण्डकी प्रदेश स्याङ्जा जिल्ला स्थित बिरुवा गाउँपालिकामा एम्बुलेन्स सेवा सोमबारदेखि शुरु भएको छ । गाउँपालिका अध्यक्ष चुन्न प्रसाद शर्माले एम्बुलेन्सको पूजा गरेर सेवा शुरुवात गर्नुभएको हो । नेपाल सरकारद्वारा राजश्व छुट प्राप्त एम्बुलेन्स खरिदमा गाउँपालिकाको दस लाख एक हजार तीन सय अडचालिस रुपैया लागत रहेको गाउँपालिका अध्यक्ष शर्माले बताउनु भयो ।
एम्बुलेन्स सेवा शुरुवात सँगै बिरुवा गाउँपालिकाका बिरामीहरुलाई जटिल स्वास्थ्य समस्यामा स्याङ्जा बजार , पोखरा , बुटवल तथा काठमाण्डौ पुग्नको लागि सहज हुने देखिन्छ । यो सेवाको शुरुवात सँगै गर्भवती महिलाहरुलाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा अस्पताल पुग्न समेत सहज हुने कुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताउनु भयो ।

बिरुवा गाउँपालिकाले यस आर्थिक वर्षमा एमबिबिएस डाक्टर सहितको कोभिँड अस्पताल समेत शुरू गरेको छ । गाउँपालिका वडा न ६ चिन्नेनासमा स्थापित उक्त अस्पतालमा एमबिबिएस डाक्टरको साथै दुई जना स्टाफ नर्सबाट समेत सेवा प्रवाह हुँदै आएको छ । स्वास्थ्य सेवालाई थप प्रभाव कारी बनाउन यसै वर्षबाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका दुई वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र समेत स्थापना भएको छ । यी सम्पूर्ण सेवाहरूको शुरुवात सँगै जनताको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने अपेक्षा रहेकोे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot