मुक्ति तिवारी नवलपरासी , १३ भदौ
बर्दघाट नगरपालिकाको आयोजनामा सोमबार किसानसंग नगरपालिका कार्यक्रमको आयोजना गरिएको छ । कृषि क्षेत्रमा देखिएका चुनौती र किसानले भोग्नु परेका समस्या र समाधानको खोजिका बिषयमा जानकारी लिन कार्यक्रको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले मुख्य समस्या सिचाईको रहेको भन्दै सिचाईको प्रवन्ध मिलाउन पहल गरिने बताउनुभयो ।
नगरको समृद्धि नै कृषि मार्फत हुने बताउदै व्यवसायिक कृषि तर्फ किसानलाई आकर्षित बनाउनु पर्ने र त्यसका लागि कृषकहरुलाई नगरले पुर्ण रुपमा सहयोग प्रदान गरिने नगर प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले हरेक बालिको उत्पादकत्वमा बृद्धि गराई कृषिलाई पर्यटन सग जोडेर लैजाने गरि योजना बनाईने बताउनुभयो ।
कृषि क्षेत्रको बिकास सगै पर्यटन जोडिदा यसले दिर्घकालिन रुपमा दुईतर्फि लाभ हुने बताउनुभयो ।प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद साप्कोटाले कृषिका समस्या,सुझाव र समाधानको खोजि सहितको एकिकृत कृषि योजना ल्याईने बताउनुभयो । कार्यक्रममा आर्थिक बिकास समितीका संयोजक एवम् बर्दघाट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कविराज आचार्यले कृषि क्षेत्रको बिकासका लागि आफ्ना भनाईहरु राख्नुभएको थियो ।
कार्यक्रममा सहभागि कृषकहरुले आफ्ना उत्पादनको लागत ,बजारिकरण,बिउ बिजन,मलको पर्याप्तताकालागि नगरले उचित पहल गरिदिनु पर्ने माग सहितका सुझावहरु पेस गरेका थिए । कार्यक्रम खुमाकान्त न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

