Rashtriya Dainik

विद्यालयको समस्या समाधानको लागि पर्साको टोलीद्वारा मन्त्रीको ध्यानाकर्षण

वीरगंज । नेकपा माओवादी केन्द्र पर्साका नेताहरुकाे एक टाेलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलसंग भेटघाट गरेकाे छ । माओवादी केन्द्रकी नेतृ एवम् राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल नेतृत्वकाे टाेलीले मन्त्री पाैडेलसंग भेटघाट गरेकाे हाे ।
भेटघाटकाे क्रममा टाेलीले धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माध्यमिक विद्यालय धाेबिनीकाे समस्या समाधानकाे लागि आग्रह गरिएकाे नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य सलाउदिन अहमदले वताए ।
साे विद्यालयकाे भाैतिक संरचना र शिक्षक दरबन्दी अभाव भएपनि शैक्षिक गुणस्तर राम्राे भएकाेले विद्यार्थीहरुकाे चाप थेग्न नसक्ने अवस्था रहेकाे छ । एक हजार ५ सय विद्यार्थीहरु अध्ययनरत रहेकाे विद्यालयमा भवन र शिक्षक अभाव परिपुर्ति गर्नकाे लागि लिखित रुप मै माग गरिएकाे प्रदेश सदस्य अहमदले जानकारी दिए ।
मन्त्री भेटने टाेलीमा नेकपा माओवादीका केन्द्रिय सदस्य बिरेन्द्र प्रसाद यादव, प्रदेश समिति सदस्य सलाउदिन अहमद, कृष्ण माेहन प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक जितेन्द्र राम लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।
टाेलीले शिक्षा मन्त्री पाैडेलकाे साथै राज्य मन्त्री वाेध माया कुमारी यादवसंग भेट गरी विद्यालयकाे अवस्थाकाे बारेमा बृहत छलफल गर्नुकाे साथै विद्यालयलाई आवश्यक शिक्षक दरबन्दी र भाैतिक संरचना (भवन) निर्माण गरिदिन आग्रह गरेकाे हाे
भेटकाे क्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बारेमा समेत जानकारी गराइएकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले वताए । मन्त्री ज्यूले पनि सक्दाे सहयाेग गर्ने तथा विद्यालय अवलाेकन गर्नकाे लागि समेत इच्छा जाहिर गर्नु भएकाे उनले जानकारी गराए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित