Rashtriya Dainik

रुपन्देहीको भैरहवाबाट स्रोत नखुलेको अबैध रकम सहित एक जना पक्राउ

उर्मिला यादव यात्री /भैरहवा, भदौ १३

रुपन्देहीको भैरहवाबाट स्रोत नखुलेको चौबिस लाख पचास हजार रुपैया अबैध रकम सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगर बस्ने २८ बर्षिय सन्दिप शाक्य रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वाइपास स्थित स्रोत नखुलेको अबैध रकम ओसारपसार हुदैछ भन्ने गोप्य सुचनाको आधारमा जिप्रका रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाच गर्ने क्रममा शाक्यले बोकेको कालो रंगको झोलाबाट स्रोत नखुलेको चौबिस लाख पचास हजार रुपैया बरामद गरी पक्राउ गरीएको हो ।

पक्राउ परेका शाक्यलाई आवश्यक कारवाहीका लागी आज भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित